Thu. Sep 19th, 2019

मैत्रीपूर्ण खेलमा नेपाल पराजित


१० भदौ, काठमाडौँ –


नेपाली राष्ट्रिय फुटबल टोलीले मलेसियाको जाहोर डारुल टाजिम एफसीविरुद्ध मैत्रीपूर्ण खेलमा हार खेपेको छ । मलेसियामा सोमबार बेलुका भएको खेलमा नेपाल जाहोर डारुलसँग १–० गोलले पराजित भयो । मलेसियाको लिग च्याम्पियन जाहोरले खेल सुरु भएको तेस्रो मिनेटमै गोल गरेको हो ।

जाहोरका निकोलस अवर्टोले फ्रिकिकमार्फत उत्कृष्ट गोल गरेका थिए । सुरुआतमै पछि परेको नेपाल खेलमा फर्कन सकेन । नेपालले कतारमा सन् २०२२ मा आयोजना हुने फिफा विश्वकपअन्तर्गत एसियाको दोस्रो चरणको छनोट खेलको तयारीका लागि मलेसियन क्लबसँग मैत्रीपूर्ण खेल खेलेको हो ।

विश्वकप छनोटमा नेपाल समूह ‘बी’ मा रहेको छ । नेपालको समूहमा एसियाली पावर हाउस अस्ट्रेलिया, जोर्डन, कुवेत र चाइनिज ताइपेईं रहेका छन् । नेपालले भदौ १९ गते कुवेतसँग खेल्दै विश्वकप छनोटको सुरुआत गर्नेछ ।


२०७६ भदौ १० गते प्रकाशित

Loading...

अन्य समाचारहरु: