Sat. Jul 27th, 2024

भूकम्प पीडित सेमजोङबासीलाई जस्ता सहयोग

DSC_0389
धादिङ – भूकम्पबाट पीडित बनेका धादिङ सेमजोङका स्थानीयहरुलाई जस्तापाता वितरण गरिएको छ ।
सेमजोङ गाँउ विकास समिति वडा नं ५ सेमजोङ चौतारामा रहेका १ सय २० घरधुरीलाई जस्तापाता वितरण गरिएको हो । हेल्फ नेपाल टुुडेका नित्य तिमिल्सेना, फर नेपाल इन निडका आशिष धिताल, प्राप्ति बस्नेत एण्ड गुप्र लगायतका संस्थाहरुको संयुक्त ७ लाख ९० हजार लगानीमा प्रत्येक घरधुरीमा एक एक बन्डल जस्ता वितरण गरिएको विद्यार्थी शंकर तामाङले जानकारी दिनुभयो ।
यस अघि पनि सोही ठाँउका १ सय ३२ घरधुरीलाई चामल दाल, मस्यौरा, चिनी तेल लगायतका सामग्रीहरु वितरण गरिएको थियो ।

 

About The Author

Loading...

अन्य समाचारहरु: