Fri. Mar 29th, 2024

छोरी जे गर्न पनि सक्छिन्


९ असोज ,

हाम्रो समाजमा छोरीहरूले गर्भैदेखि विभेद भोग्नुपर्छ । गर्भावस्थामै लिंग पहिचान गरी गर्भपतन गराउनाले कति छोरी जन्मनै पाउँदैनन् । जन्मिएका छोरीहरूलाई पनि हुर्काउँदैदेखि विभेद गरिन्छ । एउटा बनिबनाउ ‘छोरी चरित्र’ भर्न खोजिन्छ । खेलौनाका रूपमा पुतली र शृङ्गारका सामग्री दिइन्छ । छोरालाई भने फुटबल, गाडी, रेलजस्ता सामग्री दिइन्छ । छोरीलाई चुलोचौकोस, घर गृहस्थी र खेतीपातीका काममा मात्र सीमित गराइन्छ ।

कति अभिभावक छोरीलाई सरकारी विद्यालय भर्ना गर्छन्, छोरालाई निजीमा पढाउँछन् । अर्काको घरमा जाने भन्दै छोरीको पढाइमा खासै चासो नदिनेको जमात अझै ठूलो छ । घरको आर्थिक जिम्मेवारी छोराको काँधमा सुम्पनुपर्ने भन्दै छोराको शिक्षादीक्षामा भने जोड दिइन्छ । यसरी सुरु भएको विभेदले ती छोरीलाई बुहारी र आमा हुँदा पनि पछ्याइरहन्छ । अझ बिहे गरेर कलिलैमा जिम्मेवारी बहन गर्दा विभिन्न शारीरिक, मानसिक, सामाजिक तथा यौनज्यन्य हिंसाको सिकार हुनु त परेकै छ ।

छोरीहरूलाई आत्मविश्वास, आत्मनिर्भरताको दृष्टिकोणले कहिल्यै राम्ररी हेरिएन । सधैं एउटा कमजोर वर्गका रूपमा ठानियो । कुनै सामाजिक निर्णय लिने क्रममा पनि महिलाहरू कम सहभागी हुन्छन् । उनीहरूको सुनुवाइ कम हुन्छ । र उनीहरूका समस्या न्यून सम्बोधन हुन्छन् । एकल, असहाय, अपाङ्गता भएका र पिछडिएका क्षेत्रका महिलाको अवस्था झन् नाजुक छ । यही कारण महिला हिंसा, किशोरी बलात्कार, दुर्व्यवहार, शोषण, हेपाइ, यौनजन्य हिंसा, यातना, दबाबका घटनामा कमी आउनसकेको छैन । ओरेक नेपालद्वारा प्रकाशित तथ्यांक अनुसार गत असारमा मात्रै महिला हिंसाका १ सय २१ घटना भए । तिनमा घरेलु हिंसाका ५७, बलात्कारका २७, सामाजिक हिंसाका १४ घटना छन् । यसैगरी हत्याका १०, यौन दुर्व्यवहारका ६, बलात्कार प्रयासका ३, मानव बेचबिखनका २ घटना छन् । र एक जनाले लैंगिक हिंसाका कारण आत्महत्या प्रयास गरिन् भने अर्की एकजना अनलाइनमर्फत हिंसामा परिन् ।

खासमा किन भइरहेका छन्, दिनहुँ यस्ता घटना रु निर्मला पन्तको हत्या भएको एक वर्ष बित्दा पनि अपराधी पत्ता लगाउन किन नसकेको रु यो ढिलासुस्ती कहिलेसम्म रु हाम्रो देशमा कानुन कार्यान्वयनको फितलो अवस्थाले यस्तो स्थिति आएको हो । यस्तै दण्डहीनताकै कारण कैयौं छोरीहरू घरबाट बाहिर निस्कँदा त्रासमा रहन बाध्य छन् । एउटी आमा विद्यालय गएकी छोरी घर फर्केर नआउन्जेल ढुक्क हुन सक्दिनन्, मनमा अनेकौं डर पालेर बस्न बाध्य हुन्छिन् ।
छोरीहरू कदापि कमजोर जन्मँदैनन् । कमजोर त हाम्रो हेर्ने नजर हो । राष्ट्रसंघले दिगो विकास एउटा लक्ष्य लैंगिक समानता र दिगो विकासलाई मानेको छ । तर कतिपय कागजी अधिकार पाइसक्दा पनि हाम्रा महिलाको समस्या उस्तै छ ।

विभिन्न निकाय तथा संघ–संस्थाले सञ्चालन गरेका महिला तथा किशोरी सशक्तीकरणका कार्यक्रमले यस्तो विभेद केही हदसम्म न्यून भए पनि त्यो पर्याप्त छैन । छोरीहरूलाई सीपमूलक शिक्षा, जीवन उपयोगी तालिम, आत्मसुरक्षा र साइबर सुरक्षाको प्रशिक्षण धेरैभन्दा धेरै दिन अझै आवश्यक छ । उनीहरूलाई नेतृत्व विकासमा समावेश गरी शारीरिक, मानसिक, आर्थिक र सामाजिक रूपमा सक्षम बनाउनुपर्ने खाँचो छ ।

आत्मनिर्भर, सक्षम र सबल बनेर समाजलाई देखाउन ‘छोरी सक्छिन्’ भन्न आमचेतना जरुरी छ । आफूलाई परेको हरेक चुनौती र समस्या समाधानका निम्ति उपयुक्त विकल्प खोज्न छोरीले सक्छिन् भन्ने आमअनुभूति हुन आवश्यक छ । सही रूपमा सबलीकरण भएमा वा गरिएमा आफ्नो धारणारविचार पोख्न छोरी सक्छिन् । दुर्व्यहार र दुस्साहस विरुद्ध आवाज निकाल्न छोरी सक्छिन् । अन्याय र अत्याचार विरुद्ध वकालत गर्न छोरी सक्छिन् । आत्मविश्वास, आत्मक्षमता, आत्मबल र आत्मसम्मान वृद्धि गर्न छोरी सक्छिन् ।


२०७६ असोज ९ गते प्रकाशित

About The Author

Loading...

अन्य समाचारहरु: