Tue. May 13th, 2025

सुनको मूल्य ११ सयले बढ्यो, कति पुग्यो तोलाको

फाइल तस्विर

१६ असोज, काठमाडौ –

काठमाडौं नेपाली बजारमा सुनको भाउमा वृद्धि भएको छ।बुधबार ६९ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको सुन बिहीबार ११ सयले बढेर ७० हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ।

त्यसैगरी तेजाबी सुनको मूल्य प्रतितोला ७० हजार ६ सय रुपैयाँ कायम गरिएको छ। सुनको मूल्य बढेसँगै चाँदीको मूल्य पनि सामान्य वृद्धि भएको छ।

चाँदी प्रतितोला १५ रुपैयाँले बढेर ८५० पुगेको महासंघले जनाएको छ। बुधबार चाँदी तोलाको ८३५ रुपैयाँमा कारोबार भएको थियो।

२०७६ असोज १६ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: