Wed. Dec 11th, 2019

धादिङको धुनिबेशीमा निर्माण गरिएको जर्मन टेक्निकल स्कुलको उद्घाटन


१७ असोज, धादिङ–


धुनिबेशी नगरपालिका – ५ ढकालखोलामा निर्माण गरिएको जर्मन टेक्निकल स्कुलको उद्घाटन गरिएको छ । जर्मन सरकारको सहयोगमा निर्माण भएको स्कुलको शुक्रबार एक कार्यक्रमका बीच प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेल र जर्मन उपमन्त्री नोर्बर्ट बार्थले संयुक्त रुपमा उद्घाटन गरे ।

जर्मन टेक्निकल स्कुल ९जीटीएस० पूर्ण प्रविधियुक्त संस्था हो । शेषकान्त फाउन्डेसनले जर्मन एनजीओ जुकुन्फट फर नेपाल अस्टुर्टेम्बर्ग (जेटएफएन) सँगको सहयोगमा टेक्निकल र भोकेसनल शिक्षा दिने उद्देश्यले धुनिबेसी नगरपालिकामा उक्त स्कुल निर्माण गरेको हो ।

उक्त स्कुलको मेटल वर्कशप हल जर्मन आर्थिक सहयोग र विकास मन्त्रालयको डेभलोप डी कार्यक्रमअन्तर्गत वित्तीय सहयोगमा निर्माण भएको हो। त्यसमा जर्मन प्रविधि कम्पनी भोइट्थले पनि सघाएको छ। स्कुलले नेपाली युवालाई व्यावसायिक तालिम दिन कोशेढुंगा साबित हुने बताइएको छ।

यो स्कुलमा युवालाई ४ देखि १२ महिना लामो पाठ्यक्रम पढाईनेछ । तीन वर्ष लामो डिप्लोमा कोर्स पनि स्कुलले सञ्चालन गर्ने कार्यक्रममा बताईएको छ । स्कुलले खासगरी ऊर्जा क्षेत्रमा आवश्यक व्यवसायिक र दक्ष जनशक्ति योगदान हुने आशा गरेको जनाएको छ ।

२०७६ असोज १७ गते प्रकाशित

Loading...