
२४ असोज, धादिङ –
धादिङ जिल्लाका प्रहरी उपरीक्षक (एसपी) राजकुमार बैदवार उत्कृष्ट प्रहरी कर्मचारीबाट पुरस्कृत भएका छन् ।
६४ औँ प्रहरी दिवसरको अवसर पारेर प्रहरी प्रधान कार्यालय काठमाडौँले शुक्रबार पुरस्कृत गरेका हुन् । नेपाल प्रहरीको पेशागत मर्यादालाई आत्मसाथ गर्दै अपराधरहित समाज निर्माणमा महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै प्रहरी महानिरिक्षक सर्वेन्द्र खनालल् पुरस्कृत गरेका हुन् ।
पुरस्कारले देश र जनताको सेवा गर्न अझ थप हौसला र प्रेरणा मिलेको बैदवारले बताए ।
जिल्ला प्रहरी कार्यालय धादिङलले जिल्लामा शान्ति, सुरक्षा, अपराध न्यूनिकरणका लागि प्रहरीसँग एक मिनेट, टोलटोलमा प्रहरी, स्कुलस्कुलमा प्रहरी, प्रहरी मेरो साथी, समूदायमा प्रहरी साझेदार लगायतका अभियानहरु संचालन गर्दै आइरहेको छ ।
२०७६ असोज २४ गते प्रकाशित