Thu. Mar 28th, 2024

हत्या आरोपी १७ वर्षपछि पक्राउ

२६ कार्तिक, धादिङ –

उत्तरी धादिङको खनियावास गाउँपालिका वडा नं ३ (साविकको दार्खा गाविस वडा २) का गोम लामा तामाङ र सुक लामा तामाङ १७ वर्षअघि कर्तब्य गरि ज्यान मारेको आरोपमा पक्राउ परेका छन् ।

२०५९ साल कात्तिक २९ गते साविकको दार्खा गाविस वडा नं २ देउरालीमा भारतिय सेनामा कार्यरत सोही ठाउँका २४ वर्षिय परशुराम तामाङको कुटपिटबाट हत्या भएको थियो । धारिलो हतियार प्रहार गरि कुटपिट भएलगत्तै गम्भीर घाइते भएका परशुरामलाइ उनकी श्रीमती छन्दर तामाङले उपचारको लागि स्वास्थ्य चौकी पु¥याएपनि उनको मृत्यु भएको थियो ।

श्रीमानको मृत्यु भएपछि कुटपिटमा संलग्न ६ जना विरुद्ध श्रीमती छन्दर तामाङले कर्तब्य ज्यान मुद्धा दायर गरेकी थिइन् । मुद्धा दर्ता भएदेखि फरार रहेका गोम लामा र सुक लामालाइ काठमाण्डौमा लुकिछिपि बसि रहेको अवस्थामा धादिङ प्रहरीको अनुरोधमा केन्द्रिय अनुसन्धान ब्यरोको टोलीले पक्राउ गरि धादिङ प्रहरीलाइ बुझाएको हो ।

पक्राउ परेकाहरुलाइ सोमबार नै जिल्ला अदालत धादिङमा उपस्थित गराइ म्याद थप गरि अनुसन्धान प्रक्रिया अघि बढाइएको धादिङ प्रहरी प्रमुख एसपी राजकुमार बैदवारले बताए । उनले भने, ‘हामीले त्यो बेलाको मिसिल सवै अध्ययन गरिरहेका छौँ, उनीहरुको पनि संलग्नना देखिएकाले पक्राउ गरेका हौँ ।’

२०७६ कार्तिक २६ गते प्रकाशित

About The Author

Loading...

अन्य समाचारहरु: