
२७ कार्तिक, काठमाडौ –
सर्वोच्च अदालतले चलचित्र नायिका शिल्पा पोखरेलले दायर गरेको रिट मंगलबार खारेज गरिदिएको छ ।चलचित्र निर्माता छविराज ओझाकी जेठी पत्नी हेमा ओझाले बहुविवाहमा दिएको जाहेरीका आाधार शिल्पालाई प्रहरीबाट पक्राउ पूर्जी जारी भएपछि सर्वोच्चमा रिट दायर भएको थियो ।
बहुविवाह मुद्दाको विषयमा आफूलाई पक्राउ पुर्जी जारी गर्ने कार्य कानुन बमोजिम नरहेको दाबी शिल्पाको रिटमा थियो । सर्वोच्चका न्यायाधीश ईश्वर खतिवडा र मनोजकुमार शर्माको संयुक्त इजलासले उक्त रिट खारेज गरेको हो ।
२०७६ कार्तिक २७ गते प्रकाशित