Wed. May 14th, 2025

महानायकको पारा

३ मंसिर, काठमाडौ –


वर्षौं बेकारका फिल्म गरेपछि राजेश हमाल आजभोलि फिल्म खेल्ने मामलामा चुजी हुन थालेका छन्। तर पनि, उनको व्यस्ततामा भने कुनै कमी छैन। कहिले क्विज त कहिले लाइभ सोमा व्यस्त छन्। आफूलाई महानायक भनाउन रुचाउने हमाल यतिबेला भने सात प्रदेशको दौडाहामा छन्।

सात प्रदेशमा हुने सप्तरंग कार्यक्रममा हमाल गायक र कमेडियनसँगै देशका विभिन्न भाग डुल्दै छन्। तर, गायक र कमेडियनको भीडमा उनी कामविहीनजस्तै छन्। जस्तो कि, गायकले गीत गाउँछन्, कमेडियनले स्ट्यान्ड अप गर्छन्। तर, हमालसँग गर्नलाई खास केही रहेनछ। उनले सक्दा गर्ने नृत्य हो तर हमाल यसमा पनि कमजोर छन्।

त्यसैले सप्तरंगमा हमालको भूमिका छ, ‘बिच्च बिच्चमा’ नृत्य गर्ने। हमाल गायकले जुन–जुन गीत गाउँछन्, त्यही–त्यही गीतमा बीचबीचमा नृत्य गरेर दर्शकलाई मनोरञ्जन गराइरहेका छन्। दर्शकमाझ जाने भएपछि मञ्चमा के प्रस्तुत गर्ने रु हमालले तयारी गर्नुपर्ने हो। तर, उनले त्यो तयारी गरेको देखिएन। यसरी बिच्च बिच्चमा नाचेर मात्र त महानायकको इज्जत कसरी धानिएला ?

२०७६ मंसिर ३ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: