Sat. Jul 27th, 2024

पाँच जिल्लाका पत्रकारको लागि धादिङमा मल्टीमिडिया तथा मोवाइल जर्नालिजम (मोजो) तालिम सुरु

dav

९ मंसिर, २०७६

३ नम्वर प्रदेश अन्तरगतका ५ जिल्लाका पत्रकारहरुको लागि मल्टिमिडिया तथा मोवाइल जर्नालिजम (मोजो) तालिम धादिङको सिद्धलेकमा सुरु भएको छ ।

प्रविधिको अधिकतम प्रयोग गरेर स्थलगत पत्रकारितालाइ सरल र सहज बनाउने उद्येश्यले संचालन गरिएको तालिममा धादिङ लगायत चितवन, मकवानपुर, रसुवा र नुवाकोट जिल्लाका पत्रकारहरु सहभागी छन् ।

३ नम्वर प्रदेश अन्तरगतको आन्तरिक मामिला तथा कानुन मन्त्रालय मातहत रहेको संचार रजिष्टारको कार्यलयले ५ दिने तालिम आयोजना गरेको हो । तालिममा अन्नपुर्णपोष्ट दैनिकका फोटो सम्पादक विकास कार्की र नेपाल न्युज डट कम का मल्टिमिडिया संयोजक विजय गजमेर प्रशिक्षकको रुपमा रहेका छन् ।

तालिमको उद्घाटन गर्दै आन्तरिक मामिला तथा कानुन मन्त्री शालिकराम जम्कटेलले मोजो तालिम पश्चात प्रविधिको प्रयोगमा संचारकर्मीहरु थप अभ्यस्त हुने विश्वास ब्यक्त गरे ।

पत्रकारहरु सक्षम र सवल भएमा मात्रै सुचना तथा समाचार हरु पनि विश्वसनिय र परिपक्व हुने बताउदै मन्त्री जम्कटेलले पत्रकारहरुलाइ कोठाभित्र भुमिगत भएर समाचार लेख्ने भन्दा पनि कुनैपनि स्वार्थ नराखी सत्य र तथ्य समाचार लेख्न आग्रह गरे ।

प्रविधिको विकास संगसंगै पत्रकारहरु पनि प्रविधिमैत्री बन्दै जानुपर्ने आवश्यकता रहेकाले फिल्डमा खटिएर काम गर्ने पत्रकारहरुको लागि तालिम आयोजना गरिएको ३ नम्वर प्रदेशका संचार रजिष्टार रेवती सापकोटाले बताए ।

गाउँको सुचनालाइ शहरसम्म जोड्नको लागि संचार रजिष्टारको कार्यलयले आयोजना गरेको मोजो तालिम फलदायी हुनेमा सापकोटाले विश्वास ब्यक्त गरे । सापकोटाले भने, ‘पत्रकारितामा सवैथोक गर्न छुट छ तर गल्ती गर्न छुट छैन, समाचारलाइ विश्वसनिय बनाउन र गल्ती कम हुनको लागि पत्रकारहरुमा मल्टिमिडियोको ज्ञान हुनु आवश्यक छ, त्यही आवश्यकता परिपुर्ति गर्नको लागि मोजो तालिमको आयोजना गरिएको हो ।’

यसअघि ३ नम्वर प्रदेश अन्तरगतकै दोलखा, रामेछाप, सिन्धुली, काभ्रे र सिन्धुपाल्चोक जिल्लाका पत्रकारहरुको लागि काभ्रेको धुलिखेलमा तालिम आयोजना गरिएको र उपत्यकाका तीन जिल्लाहरुमा पनि छिट्टै तालिम गरिने रजिष्टार सापकोटाले बताए ।

About The Author

Loading...

अन्य समाचारहरु: