Wed. May 14th, 2025

मिस वर्ल्डमा अनुष्काले जितिन् मल्टिमिडिया अवार्ड


२७ मंसिर, धादिङ –

मिस वर्ल्ड प्रतियोगिता २०१९ मा अनुष्का श्रेष्ठले मल्टिमिडिया अवार्ड जितेकी छिन् ।

लण्डनमा जारी मिस वर्ल्ड प्रतियोगितामा उनले अवार्ड हात पारेकी हुन् ।
अघिल्लो संस्करणमा पनि नेपालकी शृंखला खतिवडाले उक्त टाइटल जितेकी थिइन् । मल्टिमिडिया अवार्ड जितेपछि खुसी व्यक्त गर्दै अनुष्काले आफूलाई मत दिने सबैप्रति आभार व्यक्त गरेकी छन् ।

लन्डन एक्सेल हलमा ताजका लागि शनिबार हुने ६९ औं मिस वर्ल्ड प्रतियोगितामा एक सय ११ मुलुकका सुन्दरीले प्रतिस्पर्धा गर्दै छन् । अनुष्का यसअघि नै हेड टू हेड च्यालेन्ज राउन्डमा इन्डोनेसियाकी सुन्दरीलाई जितेर टप ४० मा परिसकेकी छन् । यसबाहेक उनी ‘ब्युटी विथ अ पर्पोस’ को टप १० मा पनि परेकी छन् ।

प्रतियोगिताका लागि आफ्नो बुद्धि विवेक र क्षमताले भ्याएसम्म बलियो उपस्थिति जनाउने अनुष्काले बताएकी छन् ।


२०७६ मंसिर २७ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: