Sat. Jul 27th, 2024

पहिरोको जोखिमबाट बचाउन झार्लाङबासीको माग

jharlang ko pahiro - Copy
धादिङ –  बैशाख १२ गते गएको विनाशकारी भूकम्प र त्यसपछि गएको पराकम्पनले पहिरो गएपछि झार्लाङ गाविसका स्थानीयहरुले गाँउ स्थानान्तरण गर्न माग गरेका छन् ।

भुकम्पको दृष्टिले उच्च जोखिममा परेको उत्तरी धादिङको झार्लाङ गाँउ विकास समिति वडा नम्वर ७ सङयुङ गाँउका स्थानीयहरुले मनसुन सुरु हुनु अगावै सुरक्षित स्थानमा सारिदिन माग गरेका हुन् । भूकम्पले गाँउमा रहेको घर भत्काए, अन्नपात चेपिए, ठाँउ ठाँउमा गएको पहिरोको जोखिमलाई टार्दै बसिरहेका यहाँको स्थानीयहरु अब मनसुन सुरु हुने समय आइरहदा चिन्तित छन् । बर्खामा पहिरो आएर बस्ती नै जोखिममा पार्न सक्ने कुरालाई मध्यनजर गर्दे तत्काल सुरक्षित स्थानमा स्थानान्तरण गरिदिन स्थानीय प्रशासनलाई अनुरोध गरेका छन् ।

भुकम्पले झार्लाङ गाविसका अधिकांश घर, विद्यालयका भवनहरु ध्वस्त भएका छन् । संङयुङ गाँउँका ३० घरधुरी पुर्ण रुपमा क्षतीग्रस्त अवस्थामा छन् । गाँउमा पहिरो जाने क्रम नरोकिएकोले स्थानीयहरु थप त्रसित बनेका छन् । त्यहाँका स्थानियहरु पहिरोको त्रासले गर्दा नै गाँउ छाडेर अर्कैको ३ रोपनी जग्गा भाडामा लिएर बसिरहेका स्थानिय जीत बहादुर तामाङले जानकारी दिनुभयो । अहिले स्थानीयहरु विनाशकारी भुकम्पबाट त बाँचियो तर अब मनसुन कसरी काट्ने भन्ने चिन्तामा रहेका छन् ।

About The Author

Loading...

अन्य समाचारहरु: