Wed. Jul 16th, 2025

यस वर्षको एसईई चैत ६ देखि


१ पुस, काठमाडौँ –

२०७६ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) को परीक्षा तालिका सार्वजनिक भएको छ।

राष्ट्रिय परीक्षा बोर्डले मंगलबार सार्वजनिक गरेको तालिका अनुसार २०७६ सालको माध्यमिक परिक्षा चैत ६ गतेदेखि सुरु हुनेछ। बोर्डका अनुसार एसइईको नियमित, ग्रेडवृद्धि तथा प्राविधिकको परीक्षा चैत ६ देखि १७ गतेसम्म चल्नेछ।

प्रकाशित तालिका अनुसार परिक्षाको पहिलो दिन ६ गते अनिवार्य अंग्रेजी, ७ गते अनिवार्य नेपाली, ९ गते अनिवार्य गणित, १० गते विज्ञान, ११ गते अनिवार्य सामाजिक अध्ययन, चैत १२ गते अनिवार्य स्वास्थ्य, जनसंख्या तथा वातावरण शिक्षा तथा १३ गते ऐच्छिक गणितको परीक्षा छ।

यसैगरी अन्तिम दिन १७ गते भने विभिन्न प्राविधिक विषयको परीक्षा हुनेछ।परिक्षाको समय बिहान ८ बजेदेखि ११ बजेसम्म तोकिएको छ।


२०७६ पुस १ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: