
२ माघ , मकवानपुर –
वाग्मती प्रदेश सरकारले प्रदेशलाई खेलकुद हबको रूपमा विकास गर्ने योजनासाथ चालु आर्थिक वर्ष २०७६ र ७७ मा करिब ६१ करोड रुपैयाँ भौतिक संरचना निर्माणमा खर्च गर्ने भएको छ ।
प्रदेशका १३ जिल्लामा ७० खेलकुदका संरचना यसै आर्थिक वर्षबाट निर्माण गर्ने तयारीमा वागमती प्रदेशको सामाजिक विकास मन्त्रालय रहेको छ । चालु आवको नीति तथा कार्यक्रममा नै बहुवर्षीय योजनाअन्तर्गत प्रदेशमा ७० खेल संरचना बनाउने उल्लेख गरेको प्रदेश सरकारले कतिपय स्थानमा पूर्वाधार निर्माणको सम्झौता गरी निर्माण कार्यसमेत सुरु गरिसकेको प्रदेश खेलकुद विकास परिषद्का सदस्य सचिव सूर्यलाल भण्डारीले बताए ।
२०७६ माघ २ गते प्रकाशित