Sun. Feb 23rd, 2020

धादिङको त्रिपुरा सुन्दरी गाउँपालिका सल्यान्टारमा रंगशाला बन्ने

३ माघ , धादिङ –

धादिङको त्रिपुरा सुन्दरी गाउँपालिका सल्यान्टारमा रंगशाला बन्ने भएको छ । धादिङको त्रिपुरासुन्दरी गाउँपालिका वडा नं– २ असिन फाँटको २९ रोपनी ९ आना १ पैसा १२ दाम जग्गा सल्यानटारमा रङ्गशाला निर्माण गर्ने निर्णय मन्त्रिपरिषदले गरेको हो ।

विहिबार सुचना प्रविधि तथा सञ्चारमन्त्री सरकारका प्रवक्ता गोकुल बास्कोटाले रंगशाला निर्माणका लागि जग्गा छुट्याउने निर्णय गरेको जानकारी दिएका हुन् ।

भौगोलिक हिसाबले निकै समथर भूभाग रहेको सल्यान्टारमा विमानस्थल बनाउन समेत संम्भाव्यता अध्ययन भएको थियो ।

मन्त्रीपरिषद बैठकले धादिङकै गल्छी गाउँपालिका वडा नं– ६ को १० आना जग्गावडा नं– ६ को वडा कार्यालय भवन निर्माणका लागि छुट्याएको छ।

२०७६ माघ ३ गते प्रकाशित

Loading...

अन्य समाचारहरु: