
३ माघ , दाङ –
दाङको चिसापानीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा शान्तिनगर गाउँपालिका ५ कासिपुरका ४५ वर्षीय चोपिलाल केसी रहेका छन् ।
बिहीबार राति पश्चिम हापुरेबाट रगैँजातर्फ जाँदै गरेको रा ५ प २२६९ नम्बरको मोटरसाइकल बबई गाउँपालिका ६ को चिसापानीमा दुर्घना हुँदा मोटरसाईकल चालक केसीको मृत्यु भएको हो ।
दुर्घटनामा गम्भीर घाइते भएका केसीलाई उपचारका लागि नेपालगञ्ज लैँजादै गर्दा बाटोमा नै उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।तीव्र गतिका कारण मोटरसाइकल दुर्घटना भएको हुन सक्ने प्रहरीको अनुमान छ ।
२०७६ माघ ३ गते प्रकाशित