Sat. Jul 27th, 2024

अनेरास्ववियुद्धारा धादिङका १० विद्यालयमा अस्थायी टहरा निर्माण

सरिता श्रेष्ठ, धादिङ – एमाले निकट अनेरास्ववियु स्वंयसेवक विद्यार्थीहरु यतिखेर भूकम्पपछि भत्किएका विद्यालय तथा घरहरुको अस्थायी टहरा निर्माणमा जुटेका छन् । बैशाख १२ गते गएको महाभूकम्प र त्यसपछिको पराकम्पनले विद्यालयका भवनहरुमा क्षति पु¥याएपछि विद्यार्थीहरु विद्यालय जानबाट वञ्चित भएका थिए ।

akhil school nirman 1

अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन अनेरास्ववियुले धादिङमा अहिलेसम्म १० वटा विद्यालयमा अस्थायी टहरा निर्माण गरिसकेको अनेरास्ववियुका केन्द्रिय सचिव राधिका खतिवडाले जानकारी दिनुभयो ।बैशाख २५ गतेदेखि धादिङको वाराही प्राथमिक विद्यालयको अस्थायी टहरा निर्माणमा जुटेका स्वंयसेवकहरुले थाक्रे गाविसमा नै रहेको उडुवादेवी प्रावि, । सल्यानटार गाविसमा रहेको सल्यानटार उमावि, ग्लोबल युनाइटेड स्कुल, भीमोदय उमावि, चुनीदेवी मावि, नीलकण्ठ नगरपालिका भित्र रहेका गायत्रीदेवी प्रावि, किवो बोर्डिङ स्कुल, पाल्पा सामरी भन्ज्याङ प्रावि, देउराली माविमा अस्थायी टहरा निर्माण गरिसकेका छन् । त्यसैगरी सल्यानटारमा रहेका प्राथमिक स्वास्थ्य चौकीको पनि पुर्ननिर्माण गरेका छन् । भूकम्पबाट भत्किएका घरहरुको पनि अस्थायी टहरा निर्माण गरिदिएका छन् ।

akhil school nirman 3

१ महिने अभियान बोकेर निर्माणमा जुटेका ती स्वंयसेवकहरुले विद्यालयमा नै भएका पूराना सामानहरुलाई पूर्नप्रयोगमा ल्याई विद्यालयको पूर्ननिर्माण गरेका छन् । भूकम्प प्रभावित जिल्ला बाहेक देशभरका विभिन्न ठाँउहरुबाट खटिएको २ सय ५० भन्दा बढीको स्वंयसेवक हातहरुले अझै धेरै विद्यालयमा अस्थायी टहरा निर्माण गर्ने लक्ष्य राखिएको सचिव खतिवडाले जानकारी दिनुभयो ।

akhil school nirman 2

धादिङको तीन वटै निर्वाचन क्षेत्रहरुमा छुट्टाछुट्टै स्वंयसेवक परिचालन गरिएको छ । क्षेत्र नं १ को सल्यानटारमा, क्षेत्र नं २ को नीलकण्ठ नगरपालि र बेनिघाटका विद्यालय तथा क्षेत्र नं ३ को थाक्रेमा रहेका विभिन्न विद्यालयहरुमा अस्थायी टहरा निर्माणमा जुटिरहेका छन् । यी बाहेक भूकम्प पीडित स्थानीयहरुको घर निर्माणमा पनि सहयोगी बन्दै आएका छन् ।धादिङ जिल्लामा रहेका धादिङ जिल्लाभर ५ सय ८७ विद्यालयमा रहेका ५ हजार ४ सय २६ वटा कक्षाकोठा मध्येमा २ हजार ४८ कक्षाकोठा पूर्ण रुपमा क्षति भएका छन् भने ७ सय ३१ कक्षाकोठा प्रयोग गर्न नमिल्ने र १ हजार १ सय ६० कक्षाकोठामा सामान्य क्षति भएको छ । त्यस्तै विद्यालयमा रहेको २ सय ७९ वटा शौचालय र २ सय ३० खानेपानीका धाराहरुमा क्षति पुगेको छ । जिल्लाका ५ सय ८७ सामुदायिक विद्यालय, ५ सय २१ बालबाविकास केन्द्र र ५५ वटा संस्थागत विद्यालयहरु प्रभावित भएको जिल्ला शिक्षा कार्यलय धादिङले जनाएको छ ।

akhil school nirman 6

About The Author

Loading...

अन्य समाचारहरु: