Sat. Jul 5th, 2025

धादिङको खरीमा भदुवार कालिका होमस्टे सञ्चालन


१२ माघ, धादिङ


धादिङको ज्वालामुखी गाउँपालिका वडा नं ५ खरीमा भदुवार कालिका होमस्टे संचालनमा आएको छ ।

गत वर्ष नै उद्घाटन गर्ने तयारीमा रहेको होमस्टे नेपाल सरकारको भ्रमण वर्ष २०२० लाई लक्षित गरी यस वर्षबाट सुरुवात गरिएको होम स्टे व्यवस्थापन समितिका अध्यक्ष जीतबहादुर आलेले बताए । ग्र्रामीण पर्यटनलाई प्रवद्र्धन गर्ने र स्थानीयको आम्दानीको स्रोत बढाउँदै जाने मुख्य उद्देश्य राखेर होमस्टे सञ्चालन गरिएको हो ।

नौ ओटा घरमा एकपटकमा ३० जनासम्म पाहुनाहरु राख्नसक्ने गरि सञ्चालनमा ल्याइएको होमस्टे केहि समयपछि अन्य घरहरुमा पनि सञ्चालन हुने आलेले बताए । धादिङको सदरमुकाम धादिबेसीबाट एक घण्टाको मोटरबाटोमा रहेको भदुवार कालिका होम स्टेमा मगर खानाको परिकार चाख्न पाइन्छ । साथै सोरठी, घाटु लगायतका मगर संस्कृतिको मनोरञ्जन लिन सकिने होमस्टे व्यवस्थापकहरुले बताए ।

होमस्टेमा स्थानीय स्तरमा बनेका खानाका परिकार र विषादीरसहित खानेकुरा रहनेछनन् । गाउँमा उत्पादन भएको कोदो र चामलको रोटी तथा अन्य परिकारहरु बनाउने समितिले बताएको छ ।

२०७६ माघ १२ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: