Fri. Jul 4th, 2025

ट्रकमा लोड रहेको रड चोरी गरी बिक्री गर्ने चालक पक्राउ

६ फागुन , धादिङ –

ट्रकमा लोड रहेको रड चोरी गरी बिकी्र गर्ने चालक प्रहरीले प्रकाउ गरेको छ । २०७६ फागुन ४ गते धादिङ बेनिघाट रोराङ गा । पा । वडा नं। ३ सलाङघाट स्थित पृथ्वि लोकमार्गबाट ना ८ ख २५५२ नं। को ट्रक चालक जिल्ला बारा, कलैया न । पा । वडा नं । ६ हाल जिल्ला बारा जितपुर सिमरा उ । म । न ।पा । वडा नं । २ बस्ने बर्ष २२ को सैयद मिया चुरिहारलाई रुपन्देहीबाट काठमाण्डौ लैजानको लागि लोड गरी ल्याएको लेखिएको फलामे डण्डी रड ५ बण्डल चोरी गरी बेच्दै गरेको अवस्थामा प्रहरीले फेला पारेको हो ।

उक्त चोरीको रड समेत बरामद गरी निज सैयद मिया चुरिहारलाई पक्राउ गरी सम्मानित धादिङ जिल्ला अदालतवाट म्याद थप गरी अनुसन्धान भई रहेको प्रहरीले जानकारी दिए ।

२०७६ फागुन ६ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: