Wed. Dec 4th, 2024

‘सिद्धलेकलाई प्रदेशकै नमुना गाउँपालिका बनाउछौ’

सिद्धलेक गाउँपालिकाका उपाध्यक्ष कमला शर्मा (अधिकारी)

१२ फागुन , धादिङ –

स्थानिय निकाएको पुनर्संरचना अनुसार सिद्धलेक गाउँपालिका साविकका नलाङ सलाङ र कुम्पुर गा. वि. स हरु समेटि बनेको छ । यस गाउँपालिकामा ७ वटा वडाहरु निर्माण गरिएको छ । यहाँको कुल क्षेत्रपल १०६.०९ वर्ग किमी रहेको छ जसमा पूर्वमा निलकण्ठ न.पा. र गल्छी गाउँपालिका, पश्चिममा गोरखा जिल्ला, उत्तरमा ज्वालामुखी गाउँपालिका र निलकण्ठ न.पा. तथा दक्षिणमा गजुरी र बेननिघाट रोराङ गाउँपालिका रहेको छ । परापूर्वकालदेखि यस क्षेत्रका वासिन्दाहरुको आस्थाको केन्द्र रहेको सिद्धबाबाको मन्दिरको नामबाट यस गाउँपालिकाको नाम सिद्धलेक राखिएको हो भन्ने यहाँको बुद्धिजिविहरुको छ । सिद्धलेक गाउँपालिकालाई बागमति प्रदेशकै नमुना गाउँपालिका बनाउने सिद्धलेक गाउँपालिकाको लक्ष्य छ । यसै सन्दर्भमा सिद्धलेक गाउँपालिकाका उपाध्यक्ष कमला शर्मा (अधिकारी) सँग सिद्धलेक गाउँपालिकाको समग्र विकासको अवस्था, भावि योजना लगाएतका बिषयमा केन्द्रित रहेर पाविल साप्ताहिकले गरेको कुराकानीको सार संक्षेप ः

१) तपाई सिद्धलेक गाउँपालिकाको उपाध्यक्ष पदमा निर्वाचित हुनु भएदेखी आजको दिन सम्मलाई समिक्षा गर्दा कसरी गर्नुहुन्छ ? कस्तो रह्यो कार्यकाल ?
हामी निर्वाचित भईसकेपछि हामीले भौतिक विकास तिर विजुली खानेपानी, शिक्षा, स्वास्थ्य र सडकलाई नै महत्व दिएर सुरु ग¥यौं । सडकको कुरा गर्ने हो भने सुरुमा एउटा रिङरोडको अवधारणा विकास गरेर त्यसलाई प्रमोट गर्नुपर्छ भन्ने हिसावले सुरुको वर्षमा त्यसलाई थोरै–थोरै कटिङ गर्ने कामहरु ग¥यौं । दोस्रो वर्ष त्यसलाई प्रमोट गर्न थाल्यौं । अब अहिलेको वर्ष १५÷१८ किलोमिटर पक्की नाला सहितको ग्रावेल भएको छ । अब हामीले तीन वटा सडक मध्ये तीनै वटालाई दुई तीन किलोमिटर भनेनि कालोपत्रे गर्ने छौं । अब सिद्धलेक गाउँपालिकामा नयाँ ट्र्याक खोल्नुपर्ने छैन भएका सडकहरुलाई सुधार गरेर जाने प्रक्रिया नै हो ।

२) तपाईहरुको कार्यकालमा प्रत्येक घर–घरमा खानेपानीको पहुँच पुग्छ ?

हामीले सबै मुहानका पानी वस्तीमा ल्याउने त्यो अनुसार योजना बनाएका छौँ त्यो कार्यन्वयन भईरहेको पनि छ । हामीले सक्ने ठाउँहरुमा हामीले गरिरहेका छौं नभए विभिन्न संघ–संस्थाहरुले पनि काम गरिरहनुभएको छ ।

३) समुदायका मानिसहरुले देश संघियतामा गएर खानेपानी आयो भन्ने सुन्दा कस्तो लाग्ने रहेछ ?
सपना साकार हुने भनेकै त्यहि रहेछ । हामीले सुरुको वर्षमा एक घर एक धारा कार्यक्रमको निति अवलम्बन गर्ने छौ भनेका थियौं त्यसलाई पुरा गर्नको लागि हामी निरन्तर लागि रहेका छौं । आफुले गरेको काम प्रति जनताहरु खुशि हुदा वास्तवमा हामी त जनताहरुको खुशिको लागि नै काम गरिरहने छौ ५ वर्ष सम्म । उहाँहरुको भावना सुन्दा वास्तवमै हामी सफलताको गतिमा गईरहेका छाँै जस्तो लाग्छ ।
भन्ने गरिन्छ नि, जग बलियो भयो भने घर पनि बलियो बन्छ भनेर हो हाम्रो अध्यक्ष ज्यु त्यस्तै स्वभावको र स्पष्ट मान्छे हुनुहुन्छ । हामीले सुरुमा नै हामी अध्यक्ष ज्युको विचारमा सहमतिका साथ लाग्न सक्यौ भने विकास निर्माणको गतिमा लैजान सक्छौं भन्ने लागेको थियो । वास्तवमा सिद्धलेक गाउँपालिकाको टिम धेरै राम्रो छ त्यसैले गर्दा पनि काम गर्न धेरै सहज भएको छ ।

४) गाउँपालिका भित्रको तीन वटा सडकहरु सकेसम्म पीच गर्ने नसके कालोपत्रे भनेनि गर्ने भनिएको छ कसरी सम्भव भयो ?
सबै भन्दा ठुलो कुरा ईच्छा शक्ति नै हो गर्नुपर्छ भनेर लाग्नुपर्छ । यसमा प्रदेश सरकार र संघिय सरकार मार्फत पनि त्यहाँ बजेट लगानी भएको छ । हामीले माथि बाट पैसा ल्याउने ठाउँहरु छन् भने हामीले जसरी हुन्छ लेराउने काम गरिरहेका छौं । अहिले पनि हामीले यो आर्थिक वर्षमा वर्खाको अधिवेशन बाट छुट्याएको भन्दा बाहेकका १५ करोड भन्दा माथिको विशेष अनुदान त्यसपछि समपुरक अनुदानहरु आएको छ । अब उपभोक्ता समिति मार्फत गराएर जाने खालको सडकलाई मंसिरको मसान्त सम्ममा मात्रै उपभोक्ता समितिलाई सम्झौता गर्ने समय दिएका छौं । त्यो योजना वर्खा सम्म नलम्वियोस् भनेर हामीले मंसिर मसान्त सम्म योजना सम्झौता गराईसक्छौं जेष्ठ मसान्त सम्म भुक्तानी दिईसक्नुपर्छ । त्यो भन्दा पछाडी हुने कामलाई हामी भुक्तानी पनि गर्दैनौं । भुक्तानी अब जेष्ठ मसान्त सम्म सक्नुपर्छ । ठुला–ठुला बजेट भएका सडकहरुलाई टेन्डरमा जान टेन्डर खुलेर काम सुरु भईसकेको छ । हाम्रो ७० प्रतिशत भन्दा बढि काठेपोलहरु विस्थापित भएका छन् । विजुलीको जुन दयनिय अवस्था थियो त्यसलाई सुधार गर्नको लागि ट्रान्सफरमर पनि फेरेका छांैं । यो आर्थिक वर्षमा सिद्धलेक गाउँपालिकामा काठेपोल विस्थापित गरिसक्छौं । खानेपानीको क्षेत्रमा कुरा गर्ने हो भने हामीले सबै मुहानका पानीहरु वस्तीमा पुर्याउने योजना बनाएका छौ त्यहि अनुसार काम गरेका पनि छौं । अहिले गाउँपालिकाले ९ वटा ठाउँमा पानी डिपबोरिङ गरिसकेको छ । त्यो डिपबोरिङ बाट तीन वटा डिपबोरिङ संचालनमानै आईसकेका छन् । जहाँ बाट १ सय ५० भन्दा बढि घरधुरीहरुले पानीको प्रयोग गर्छन । कृषिमा भन्नुहुन्छ भने हामीले व्यवसायिक खेती प्रोमोट गर्नुपर्छ भन्ने हिसावले व्यवसाय गाउँपालिकामा दर्ता गराएर हामीले हिउदे अधिवेशन बाट चार वटा कार्य विधिहरु पास भएका छन् ।जसमा पशु वीमाका कुरा र कृषि वीमाका कुराहरु रहेका छन् । त्यसपछि व्यवसायिक खेती गर्नेहरुलाई अनुदानका कुराहरु छन् । उनीहरुको सम्पुर्ण लगानीको २० प्रतिशत अनुदान दिने भनेका छाँै कृषकलाई । कोही व्यवसायिक रुपमा व्यवसाय गर्न चाहन्छ भने गाउँपालिकाले २० प्रतिशत अुदान दिने छ ।
स्वास्थ्यमा भन्नुहुन्छ भने गाउँपालिकाको ८ वटा ठाउँ बाट स्वास्थ्य सेवा प्रवाह भईरहेको छ । पहिला एउटा गा.वि.स मा एउटा स्वास्थ्य चौकी रहने सरकारको निति थियो । त्यो अनुरुप साविकका तीन वटा गा.वि.स मध्ये दुई नम्बर वडाको नलाङको ठाँटी भन्ज्याङमा, अहिलेको तीन नम्बरको सलाङको ईट्पानीमा कुम्पुरको कुम्पुर भन्ज्याङमा तीन वटा स्वास्थ्य चौकीहरु थिए । अहिले राज्यले हरेक वडामा एउटा स्वास्थ्य चौकी ल्याउने निति लेरायो तीन वटा त हाम्रो चलिरहेको थियो । सबै अलि माथि–माथि थिए । त्यसैले स्वास्थ्य सेवा सबै स्थानमा पुगेको छैन भन्ने कुरा हामी निर्वा्चित भईसकेपछि स्वास्थ्य केन्द्रको रुपमा सिद्धलेक वडा नम्बर ७ को भालडाँडा भन्ने ठाउँमा, ४ को माझिमटारमा त्यसपछि सलाङको माथि दवारथोकमा स्वास्थ्य विन्दु संचालन गरेका थियौं ।
हामीले करारमा कर्मचारीहरु नियुक्ति गरेका छौं । अहिले हाम्रो ८ वटा ठाउँबाट स्वास्थ्य सेवा प्रवाह भईरहेको छ । त्यहि अनुसार नियमित रुपमा स्वास्थ्यका कार्यक्रमहरु हुन्छन् । अहिले एउटा वडामा एउटा स्वास्थ्य चौकी बनाउनु पर्छ भन्ने अवधारणा ल्याईसकेपछि स्वास्थ्य चौकीको भवन बनाउनुपर्छ भनेर संघिय सरकार मार्फत पनि पैसा अनुदान गरिएको छ । त्यसमा ३० लाख संघिय सरकारको र २०÷२०लाख हामीले थपेर ५० लाखको भवनहरु बन्दै छ । वडा नम्बर ७ मा स्वास्थ्य चौकीको भवन निर्माण कार्यको बेसिक कामहरु भईरहेको छ । समग्र रुपमा हामी दिन रात नभनि जनताको समस्यालाई समाधान गर्न लागि परिरहेका छौं । हामी आइर्एसकेपछि हामीले गाउँपालिकाबाट प्रदान गर्ने नागरिकलाई साचिकै सिंहदरबार गाउँगाउँमानै आएको रहेछ भन्ने हिसावले सेवा प्रवाह गर्नुपर्छ है भनेर लागिरहेका छौं । राज्यले ठुलो रकम शिक्षामा लगानी गर्यो त्यसपछि पनि सामाजिक विद्यालयमा पढेका विद्यार्थीहरुमा गुणस्तरीयता आएन भनेर हामीले विद्यालयलाई गाभ्ने कुरा, हामी शिक्षकलाई सरुवा गर्ने भनेर कुनै पनि कु–विचार नराखि सरुवा गरेका छौँ । यो देशले गर्न नसकेको कुरा सिद्धलेक गाउँपालिकाले गरेको छ । हामीले १ करोड भन्दा माथिको लगानी शिक्षामा गरेका छौं । सबै भन्दा बढि कृषि र शिक्षामा बजेट लगानी गरेका छौं ।
५) तपाईले सिद्धलेक गाउँपालिकाको समग्र महिलाको नेतृत्वमा रहेर काम गरिरहनु भएको छ, महिलाहरुको क्षमतामा अभिवृद्धि गर्न के–कस्ता कार्यक्रमहरु भईरहेको छ ?
जस्तो महिलाका अभिमुखिकरणका कार्यक्रमहरु भन्दा पनि कार्य र सिपमा नै हामीले महत्वपुर्ण दिईरहेका छौं । जब सम्म अर्थमा महिलाहरुको पहुँच हुदैन तब सम्म महिला विकासका कुराहरु नारामा मात्रै सिमित हुन्छन् । हामीले हरेक महिलाहरुलाई तालिम संचालन गरिरहेका छौं । हेफर ईन्टरनेश्नल नेपालले बाख्रा उपहार कार्यक्रमहरु संचालन गरिरहेको छ । त्यसले गर्दा पनि धेरै राम्रो भएको छ । हामी त्यसरी लागिरहेका छौँ सिद्धलेक गाउँपालिकाका महिलाहरुको विकासका लागि ।
६) सिद्धलेक गाउँपालिकामा कस्ता–कस्ता घटनाहरु आउने गरेको छ ?

सुरु–सुरुमा घरायसी झगडाहरु आउथे । धेरै नसोचेको सफलता न्यायिक समितिबाट मिलेको छ । लामो समय देखिको जग्गाको विषयमा समस्या आएको थियो हामीले त्यसलाई पनि समाधान गर्न सफल भयौं । आज सम्म मैले गरेको फैसला निष्पक्ष रुपमा गरिरहेको छु जस्तो लाग्छ ।

७) अब साढे दुई वर्ष पछि तपाईको गाउँपालिका कस्तो गाउँपालिका बन्छ ?

एउटा तिर्खा मुक्त गाउँपालिका बनाउछौं किनकि हामीले प्रण गरिसकेका छौं । कृषिमा हामीले आत्मनिर्भर बनाउने भनिएको छ त्यो पनि गर्छौ त्यसपछि बनेका सडकहरुको पनि स्तरोन्नती गर्ने छौं । साविकको तीन वटा बाटोमा बाह्रै महिना गाडी चल्न सक्ने बनाउने छौं, तीन वर्ष शिक्षामा गाउँपालिकाले धेरै प्रमोट गर्यो अब हाम्रो कार्यकालभित्र सबै सामुदायिक स्कुलमा पनि अंग्रेजी माध्यमबाट कक्षा संचालन गर्ने छौं, हरेक घरमा विजुली बत्ती पुग्ने छ । हामीले पुनःनिर्माणको कार्य सम्पन्न भईसकेको छ । हामीले अब समृद्ध नेपाल सुख नेपाली जुन राज्यको निति छ त्यसलाई लागु गर्दैै लैजाने छौं । सिद्धलेकलाई प्रदेशकै नमुना गाउँपालिका बनाउछौ ।

८) तपाईंको राजनिति यात्रालाई सम्झनुपर्दा कसरी सम्झनुहुन्छ ?

सुरुमा मैले १३ वर्ष सम्म ७ नम्बर वडाको सत्यवती मा. वि मा अध्यापन गराउथे । एकोहोरो रुपमा एउटै उमेर समुहका बच्चाहरुसँग हरेक दिन घुलमिल हुदा एकोहोरो भईरहेको समयमा २०७४ सालको स्थानीय निर्वाचनमा पार्टीले तपाई अब पार्टीको लागि उपाध्यक्ष बन्नुपर्छ भनेपछि म त्यता लागेको हो । सुरु–सुरुमा अलि कठिनाई थियो आफु भित्र भएका क्षमताहरु प्रतिभाहरु पनि प्रयोगमा नआएर विस्तारै सिमित हुदँै गईरहेको थियो । अब एक्कैचोटी गाउँपालिकाको उपाध्यक्ष पदमा आउदा कता–कता समन्वय गर्न नसक्ने हो कि भन्ने लागेको थियो तर अहिले सबै सँग चिनजान भएको हुनाले अहिले सहजै रहेको छ । त्यस्तो गाह्रो छैन अहिले ।

९) पहिला शिक्षण पेशा सँग–सँगै राजनितिमा आएर काम गर्दा कत्तिको अप्ठ्यारो हुने रहेछ ?

म पार्टीको जिल्ला कमिटिको सदस्य भईरहदा म शिक्षण पेशामा पनि थिए । त्यसपछि महिला भएपछि घरको पनि सम्पुर्ण जिमेवारी, स्कुल र पार्टीले दिएको जिम्मेवारी पनि पुरा गर्नुपर्ने थियो । वास्तवमा त्यतिबेला धेरै गाह्रो थियो बच्चाहरु साना–साना थिए त्यस्तो समस्या हुदा पनि मैले काम गरिरहेको थिए । अन्त्यमा नभ्याउने भएपछि मैले छाडन बाध्य भए । तर सबैतिर आफ्नो जिम्मेवारी भनेको सधै थियो ।

१०) राजनितिमा आउन त्यो समयमा कत्तिको अप्ठ्यारो थियो ?

वास्तवमा म विद्यार्थी काल देखिनै विद्यार्थी संगठनमा रहेर काम गरिरहेको थिए । मेरो परिवारमा पनि बुबा र दाईले पनि राजनितिमा राम्रो दख्खल गर्नु भएको थियो । त्यस कारण मलाई विद्यार्थी संगठनमा लागेर काम गर्न त्यस्तो अप््ठ्यारो थिएन । वास्तवमा अरुले भन्ने कुरा,समाजले भन्ने कुराहरु भनेको अरु न थियो तर पारिवारीक रुपमा भने त्यस्तो अप्ठ्यारो थिएन । माईतीमा हुदा पनि सहयोग पाएको थिए विवाह गरे पछि पनि राम्रो सहयोग पाएको छु ।

११) अन्त्यमा ?

म भनेर होईन हामी भन्ने सोचमा लाग्नुपर्छ । समाज परिवर्तनका लागि सकारात्मक सोच लिएर सबै लागियो भने हामी अगाडी बढ्न सक्छौं । त्यसैले समाज परिवर्तनको लागि सबै एकजुट हुन अनुरोध पनि गर्दछु ।

२०७६ फागुन १२ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: