Thu. Mar 28th, 2024

टी २० क्रिकेटमा नेपालको लगातार दोस्रो हार

१८ फागुन , काठमाडौ –

एसीसी इस्टर्न रिजन टी(२० क्रिकेट प्रतियोगितामा नेपाल हङकङसँग ४३ रनले पराजित भएको छ । हारसँगै नेपाल एसिया कप छनोटको यसै चरणबाट बाहिरिने सम्भावना बढेको छ ।

जितको लागि १ सय ५५ रनको विजयी लक्ष्य पछ्याएको नेपाल १ सय ११ रनमै अल आउट भयो। यससँगै नेपालले अघिल्लो चरणमा पुग्‍नको लागि अब हुने दुवै खेलमा फराकिलो अन्तरले जित्‍नुपर्नेछ।

ओपनर कुशल मल्ल र ज्ञानेन्द्र मल्लले ४।४ ओभरमा ४२ रनको राम्रो साझेदारी देखाए पनि पछि सोहीअनुरुप खेल अगाडि नबढ्दा नेपालले हारको सामना गर्नु परेको हो।

त्यस्तै नेपालका लागि स्पिनर सुसन भारीले ४ ओभरमा ३६ रन खर्चेर २ विकेट लिएका थिए। अर्का स्पिनर सन्दीप लामिछानेले ४ ओभरमा २५ रन खर्चेर २ विकेट लिएका थिए। महँगा सावित भएका करण केसीले भने ३ ओभरमा ३३ रन खर्चिए।

पहिलो खेलमा पनि मलेसियाविरुद्ध १५५ रनको लक्ष्य पछ्याउँदा नेपाल २२ रनले पराजित भयो ।

२०७६ फागुन १८ गते प्रकाशित

About The Author

Loading...

अन्य समाचारहरु: