Sat. Jul 27th, 2024

भक्तपुरमा एमालेले ७ सय अस्थायी आवास र ५ विद्यालय बनायो

bhkt

भक्तपुर – भूकम्पले क्षती पु¥याएका जोखिमयुक्त घर भत्काउन, भग्नावशेष हटाउन, अस्थायी आवास निर्माण र बिद्यालय कक्षाकोठा निर्माण गर्ने अभियानमा नेकपा एमालेका स्वयम्सेवकहरु भक्तपुरका बिभिन्न स्थानमा सक्रिय रहेका छन् ।

गत बैशाख १२ र २९ गतेको भूकम्पले भक्तपुरका घर, धार्मिक सम्पदा, बिद्यालय र अन्य सरकारी भवनहरुमा क्षती पुगेपछि एमालेका स्वयम्सेवकका साथै भातृ संगठन युवा संघ नेपालको केन्द्रिय नेतृत्व र अनेरास्वबियूका स्वयम्सेवकहरु परिचालन भएका हुन ।नेकपा एमालेले बरिष्ठ नेता झलनाथ खनालको प्रमुख जिम्मेवारीमा भक्तपुरका बिभिन्न स्थानमा एक महिने अभियानमा आफ्ना स्वयम्सेवकहरु परिचालन गरेको छ । एमालेले निर्वाचन क्षेत्र अनुसार २ वटा श्रम शिविर खडा गरेको छ ।

निर्वाचन क्षेत्र नम्बर १ मा केन्द्रिय सदस्य सोम मिश्रको नेतृत्वमा जिल्लाका अलावा झापा, जनकपुर, रुपन्देहीलगायतका एक सय भन्दा बढि स्वयम्सेवकहरुलाई जिल्लाका ६ बटै नगरपालिकाका ग्रामिण र बढि क्षति भएको क्षेत्रमा परिचालन गरेको छ । यो अभियानले हिमाल, पहाड र तराईका जनतालाई भावनात्मक रुपमा जोड्न मद्दत पुगेको बताउदैं संयोजक मिश्रले दैनिक १० वटा अस्थायी आवास निर्माण, १० क्षतिग्रस्त संरचना हटाउने र सामानको व्यबस्थापन गरिरहेको बताए । विश्व सम्पदा सूचिमा सूचिकृत चा“गुनारायण मन्दिर, थिमिको बालकुमारी मन्दिर, सिपाडोलको डोलेश्वर मन्दिरका भग्नाबशेष हटाउने र सरसफाई कार्य गरिएको मिश्रले बताए ।

एमालेले भक्तपुरको सुडाल, बागेश्वरी, चा“गुनारायणलगायतका स्थानमा जोखिमयुक्त घरको भग्नावशेष हटाउनुका साथै बिपन्न परिवारका लागि जस्ताको अस्थायी टहरा निर्माण गरिएको एमाले जिल्ला सचिव हरिशरण लामिछानेले बताए । भत्केका घरको पुरानो जस्ता र स्थानीय स्रोत साधनको प्रयोग गरि टहरा निर्माण गरिएको उनले बताए ।एमालेले भक्तपुर निर्वाचन क्षेत्र नम्बर २ मा पोलिटव्युरो सदस्य परशुराम मेघी गुरुङ्गको नेतृत्वमा अन्य बिभिन्न जिल्लासहितका १ सय बढि स्वयम्सेवकहरु परिचालन गरेको छ । यो क्षेत्रमा एमाले जिल्ला अध्यक्ष राजेन्द्र राजथला, उपाध्यक्ष बचन देउजा, मध्यपुर नगर अध्यक्ष मदनसुन्दर श्रेष्ठलगायतको नेतृत्वमा सुर्यविनायक, अनन्तलिङ्गेश्वर, मध्यपुर थिमि नगरपालिकाका बिभिन्न स्थानमा टोली परिचालन गरिएको पोलिटव्युरो सदस्य गुरुङ्गले जानकारी दिए । नेता गुरुङ्गले भक्तपुर जिल्लामा हालसम्म ७६ वटा अस्थायी आवास, ६० घरका जोखिमयुक्त भग्नावशेष हटाएको बताए । उनले भक्तपुरका बोडे उच्च माबि, गड्गडे निमाबि, डोलेश्वर निमाबि, सिपाडोलस्थित सन्तकृष्ण प्राबि र बाल सुवोधिनी प्राबि गरि पा“च बिद्यालयका कक्षाकोठाहरु निर्माण गरिएको जानकारी दिए ।

यो क्षेत्रमा उद्योगमन्त्री बस्नेत संरक्षक रहेको मानविय आस्था नेपालले आफ्नै पहलमा अहिलेसम्म भक्तपुरमा ६०० वटा भूकम्प पीडितहरुलाई अस्थायी आवास निर्माण गरि हस्तान्तरण गरिसकेका छन् । उनले भक्तपुरमा दुई हजार भूकम्प पीडितहरुका लागि अस्थायी घरटहरा बनाउने अभियान रहेको बताए । युवा संघको केन्द्रिय नेतृत्व पनि भक्तपुरमा परिचालित छ । युवा संघले भूकम्प पिडितका लागि ९० अस्थायी घर निर्माण गरिसकेको छ ।एमाले भातृ संगठन अनेरास्ववियुले भूकम्पबाट क्षतिग्रस्त नगरकोटको गड्गडे निमावि र सिपाडोलस्थित सन्तकृष्ण प्राबिको अस्थायी टहरा निर्माण गरेको छ । आफ्नै पहलमा जस्ता र बा“सको प्रयोग गरि ४ कोठे टहरा निर्माण गरिएको जिल्ला उपाध्यक्ष जयराम बास्तोलाले बताए । अस्थायी टहरा संविधानसभा संसदिय विकास समितिका सभापति, एमाले केन्द्रिय सदस्य एवम् बिद्यार्थी इन्चार्ज रविन्द्र अधिकारीले बिद्यालयलाई हस्तान्तरण गरे ।

About The Author

Loading...

अन्य समाचारहरु: