Fri. Mar 29th, 2024

रेडक्रस धादिङको आगामी नेतृत्व गर्न तीन जनाको दावेदारी(उम्मेद्वारको सुची सहित)

२३ फागुन, धादिङ-

नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा धादिङको आगामी २ वर्षे कार्यकालको नेतृत्व गर्न ३ जनाले उम्मेद्वारी दिएका छन् । आगामी फागुन ३० गते हुने निर्वाचनको लागि शुक्रवार मनोनयन दर्ताको समय तोकिएको थियो । शुक्रवार दिउसो २ बजेसम्मका लागी तोकिएको मनोनयन दर्ताकाे समयमा सभापतीको पदको लागि नारायण तिमल्सेना, जंगबहादुर तामाङ र केशरी प्रसाद पन्तले उम्मेद्वारी दिएका हुन् ।

तिमल्सेना निवर्तमान उपसभापति, तामाङ दार्खा उपशाखा सभापति र पन्त जिल्ला शाखाका पुर्व सभापति हुन् । कुल १७ सदस्यका लागि हुने निर्वाचनमा ४३ जनाको उम्मेद्वारी परेको छ ।

मन्त्रि पदका लागि दुई जना दुर्लभ कुमार तामाङ र कृष्ण कुमार श्रेष्ठले उम्मेवादी दिएका छन् । तामाङ यस अघिको कार्यसमितिको कोषाध्यक्ष र श्रेष्ठ मन्त्री थिए । यस्तै उपसभापतिमा पुरुष तर्फ नेमबहादुर अधिकारी र डोलबहादुर अधिकारी, महिला तर्फ लक्ष्मी शाह र शान्तिकुमारी श्रेष्ठले उम्मेदवारी दिएका छन् ।

त्यस्तै कोषाध्यक्ष पदका लागि मंगबहादुर तामाङ, कृष्ण प्रसाद लम्साल र मनिश दुवाडीले उम्मेद्वारी दिएका छन् । उपमन्त्रीमा र उपकोषाध्यक्षमा पनि २/२ जनाको उम्मेद्वारी परेको छ ।
उम्मेद्वारहरुको मनोनय पत्र-उपर दावी विरोध गर्ने समय फागुन २७ गते १२ बजेसम्मको लागि तोकिएको छ । शुक्रवार दिइएको उम्मेद्वारी फिर्ता लिने समय फागुन २९ गतेसम्मलाइ दिइएको छ ।

सर्वसम्मत चयन हुन नसकेको अवस्थामा जिल्लाभरका २९ वटा उपशाखा र जिल्ला शाखाबाट छनौट भएका गरि कुल १ सय ६७ जना प्रतिनिधि (मतदाताले) ले मतदान गरि नयाँ कार्यसमिति चयन गर्नेछन् । २९ गतेसम्म एक पदमा एक भन्दा बढी उम्मेद्वारी कायम भएमा फागुन ३० गते विहान ११ बजेबाट मतदान गरिने निर्वाचन समितिले जनाएको छ ।

क-कस्ले कुन पदमा उम्मेद्वार दिए, उम्मेद्वारहरुको पुर्ण नामावली तलको फोटोमा

२०७६ फागुन २३ गते प्रकाशित

About The Author

Loading...

अन्य समाचारहरु: