Fri. Jul 4th, 2025

काठमाडौं जिल्ला क्षेत्र छनोट क्रिकेट प्रतियोगिता बालुवाटारले जित्यो


३० फागुन , काठमाडौ –

सुमन उदय र सोनु तामाङको अर्धशतकमा बालुवाटार क्रिकेट क्लबले महावीर क्रिकेट क्लबलाई ६ विकेटले पराजित गरी काठमाडौं जिल्ला क्षेत्र छनोट प्रतियोगिता जितेको छ ।
मूलपानी मैदानमा बिहीबार फाइनलमा टस हारेको महावीर ४६।१ ओभरमा १ सय ५८ रनमा अलआउट भयो । सुमनले ५० र सोनुले अविजित ५२ रन बनाएपछि बालुवाटारले ३८।४ ओभरमै लक्ष्य पूरा गर्‍यो । रिटायर्ड हर्ट हुनुअघि सुमनले ८२ बल खेल्दै ७ चौका प्रहार गरे ।

अर्का ओपनर सन्जय श्रेष्ठलाई शून्यमा गुमाए पनि सुमनले प्रवीण जोशी ९२२० सँग दोस्रो विकेटमा ६३ रन जोडे । अविनाश सिंह ११ रनमा आउट भए । राष्ट्रिय टोलीका ओपनर सुवास खकुरेललाई दीपेन्द्र मैनालीले शून्यमा कट एन्ड बोल्ड गरे । विजयी रन छक्का प्रहार गर्दै अर्धशतक पूरा गरेका सोनुले ५८ बल खेल्दा ६ चौका र २छक्का प्रहार गरे । महावीरका चन्द्रकुमार बुढा, ज्योति भण्डारी, दीपेन्द्र र जितेन्द्रसिंह ठकुरीले १–१ विकेट लिए ।

यसअघि विवत्सु थापाले ६७ रन बनाएपछि महावीरले चुनौतीपूर्ण स्कोर बनाएको थियो । ईपीएलको फ्रेन्चाइज टोली ललितपुर प्याट्रियट्समा परेका विवत्सुले १ सय ४९ बल खेल्दै ६ चौका र १ छक्का प्रहार गरे । अर्का ओपनर रविन जोशीले २१ रन बनाए ।

दीपेन्द्रले २३ र कप्तान सन्जम रेग्मीले १३ रन बनाए । बालुवाटारका सोनुले ४, सुमनले ३, अविनाश बस्याल, सन्जय र सक्षम काफ्लेले १–१ विकेट लिए । सोनु म्यान अफ द फाइनल र सुमन म्यान अफ द सिरिज भए । न्यु भिजनका नरेश चन्द उत्कृष्ट ब्याट्सम्यान, केसीटीसीका उज्ज्वल थापा उत्कृष्ट बलर चुनिए ।

२०७६ फागुन ३० गते प्रकाशित

About The Author

अन्य समाचारहरु: