Thu. Apr 9th, 2020

सुन चाँदीको मूल्य बढ्यो


९ चैत , काठमाडौ –

नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला १ हजार रुपैँयाले बढेको छ । नेपाली सुन चाँदी व्यवसायी महासंघले जनाए अनुसार आज आइतबार सुन तोलाको ७६ हजार ५ सयमा कारोबार भइरहेको छ । यस अघि शुक्रबार बजारमा सुन तोलाको ७५ हजार ५ सयमा कारोबार भएको थियो ।

आज तेजावी सुन तोलाको ७६ हजार २ सयमा कारोबार भइरहेको छ । चाँदी प्रति तोला ७२० कायम गरिएको छ । चाँदी तोलाको २० रुपैंया बढेको हो ।

२०७६ चैत ९ गते प्रकाशित

Loading...

अन्य समाचारहरु: