Sat. Jun 6th, 2020

धादिङमा खाद्यन्न तथा तरकारी पसल बिहान ७ बजेदेखि १० बजेसम्म खुल्ने

१५ बैशाख, धादिङ –


विश्वव्यापी रुपमा फैलिएको कोराना भाइरस (कोभिड १९) को संक्रमण फैलन नदिन देश लकडाउनमा छ । सरकारले पछिल्लो पटक बैशाख २५ गतेसम्मलाई लकडाउन थप गरेको छ । लकडाउन थप गरेसँगै धादिङ जिल्लामा कडाई गरिएको छ ।

दैनिक ११ बजेदेखि २ बजेसम्म खुल्दै आइरहेको खाद्यन्न तथा तरकारी पसल मंगलबारदेखि बिहान ७ बजेदेखि १० बजेसम्म मात्रै खुल्ने भएको छ । प्रमुख जिल्ला अधिकारी अस्मान तामाङको अध्यक्षतामा सोमबार बसेको बैठकले लकडाउनलाई थप प्रभावकारी बनाउन ग्यास, फलफुल, खाद्यान्न, तरकारी, खाना लगायतका पसलहरु खुल्ने समय परिवर्तन गरिएको बताइएको छ ।

बैठकले कोरोनाको संक्रमण फैलन नदिन बाह्य जिल्लाहरुबाट धादिङ प्रवेश हुने नाकाहरुमा आवतजावतमा कडाई गर्ने, सामान दुवानीका लागि आवतजावत गर्ने सवारीले अनिवार्य रुपमा पास लिनुपर्ने बताइएको छ ।

त्यस्तै काठमाडौ र तराईका जिल्लाहरुबाट ढुवानी भईरहेका हरियो तरकारी, फलफुल, कुकुराको चल्ला, मासु जन्य पदार्थलाई बन्द गरी जिल्लाकै उत्पादनलाई प्राथमिकता दिने निर्णय गरेको धादिङ उद्योग वाणिज्य संघका अध्यक्ष रुद्रबहादुर खत्रीले बताए ।

२०७७ बैशाख १५ गते प्रकाशित

Loading...

अन्य समाचारहरु: