
१५ जेठ, धादिङ–
गणतन्त्र दिवसका अवसरमा धादिङमा ४ जनाको कैद तथा सजाय मिनाहा भएको छ ।
सवारी ज्यान मुद्धामा जिल्ला कारागार धादिङमा रहेको चार जनाको कैद तथा सजाय मिनाहा भएको कारागार धादिङका जेलर गंगालाला योगीले जानकारी दिए ।
नेपालको संविधानको धारा २७६, फौजदारी कसुर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन २०७४ को दफा ३७ र फौजदारी कसूर (कैद कट्टा) नियमावली २०७६ बमोजिम बाँकी कैद कट्टा /मिनाहा दिने नेपाल सरकारको निर्णय अनुसार कैद तथा सजाय मिनाहा गरिएको जनाएको छ ।
गणतन्त्र दिवसको अवसर पारेर राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्को सिफारिशमा २ सय ३३ कैदीको बाँकी कैद सजाय माफी मिनाहा गरेका छन् ।
२०७७ जेठ १५ गते प्रकाशित