
१५ जेठ, धादिङ–
नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या एक हजार सय ४२ पुगेको छ । बिहीबार आयोजित नियमित पत्रकार सम्मेलनका क्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले पछिल्लो २४ घण्टामा थप १ सय ५६ जनामा संक्रमण पुष्टि भएको जानकारी दिए ।
विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा एकै दिन यति ठूलो संख्यामा कोरोना पोजेटिभ देखिएको हो। मन्त्रालयका प्रवक्ता देवकोटाका अनुसार अहिलेसम्म पीसीआर विधिबाट ६० हजार ६ सय ९६ र आरडीटी विधिबाट एक लाख दुई हजार ३४ जनाको नमुना परीक्षण गरिएको छ।
२०७७ जेठ १५ गते प्रकाशित