Sat. Jul 27th, 2024

उद्योगमन्त्री बस्नेतद्धारा शिक्षण कोठा हस्तान्तरण

progrm by mahesh basnet

२७ जेठ, सिन्धुपाल्चोक – उद्योगमन्त्री महेश बस्नेतले सिन्धुपाल्चोक जिल्लाको ज्यामीरेमा रहेको जनता माविलाई जस्तापाताद्वारा निर्मित शिक्षण कोठा हस्तान्तरण गर्नुभएको छ ।

एमालेको राष्ट्रिय स्वंयसेवक परिचालन अभियान अन्तर्गत युवा संघ नेपालको सिन्धुपाल्चोक क्षेत्र नं. ३ को टोलीले निर्माण गरेका उक्त कक्षा कोठाहरू उहाँले हस्तान्तरण गर्दै गर्नुहुँदै मन्त्री बस्नेतले भूकम्पको कहालि लाग्दो क्षण विर्सेर अब भग्नावषेशबाट उठ्न जरुरी रहेको बताउनुभयो । उहाँले आत्म स्वाभिमान हुन आग्रह गदैँ –‘हामी परनिर्भर नबनौँ । तत्काल बस्नहुने घर विद्यालय बनाउन हामी स्थानीय स्रोत साधनको प्रयोग गरौँ । यो समय राष्ट्रिको पुर्ननिर्माणको हो’ भन्नुभयो ।‘हामीले आफ्नै स्वदेशी सीप र साधनलाई प्रयोग गर्नु पर्दछ । भविष्यमा भूकम्पका कारण हुनसक्ने जोखिमलाई समेत ध्यानमा राखेर संरचना निर्माण गर्नु पर्दछ । यस कुरामा सवै राजनीतिक दलहरू सजग हुनु पर्दछ र सरकारले यसको अगुवाई गर्नु पर्दछ ।’ उहाँले भन्नु भयो । साथै उहाँले देश आपतमा परेको बेलामा सबै जनता धैर्य गरी एकआपसमा सहयोगको भावनाले अघि बढ्नुपर्ने बताउनुभयो ।

एक छुट्टै प्रसंगमा मन्त्री बस्नेतले एक महिना भित्रै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा राष्ट्रिय सरकार गठन हुने दावी गर्नुभयो । ‘अबको विकल्प राष्ट्रिय सरकार हो । राष्ट्रिय सरकारको नेतृत्व एमालेका अध्यक्षले गर्नुहुन्छ त्यस पछि मात्र देशको पुर्ननिर्माण आरम्भ हुन्छ’ उहाँले भन्नुभयो । सिन्धुपाल्चोक क्षेत्र नं। ३ का सभासद शेरबहादुर तामाङ्ले सिन्धुपाल्चोक जिल्लाबासीलाई दुःखको घडीमा कति पनि नआत्तिन आग्रह गदैँ सिन्धुपाल्चोक जिल्लाको नवनिर्माण पश्चात् मात्र आफूले विश्राम लिने प्रतिवद्धता जाहेर गर्नुभयो ।

कार्यक्रममा उहाँले आफूप्रति जनताको अटल माया र विश्वास देखेर आफूलाई सम्हाल्न सक्नुभएन गहभरी आँशु लिदैँ भूकम्पले पुर्याएको जनधनको क्षतिले आफूलाई मर्माहत बनाएको बताउनुभयो । सभासद तामाङ्ले विद्यालयको स्थायी संरचना निर्माणका लागि आगामी बर्षको निर्वाचन क्षेत्र विकास बजेट अन्तरगत १० लाख दिने घोषणा गर्नुभयो । युवा संघ नेपालको टोली नं. १ सिन्धुपाल्चोक क्षेत्र नं. ३ का इन्चार्ज तथा युवा संघका महासचिव राजिव पहारीले सिन्धुपाल्चोक जिल्लामा नौ वटा विद्यालय कोठा निर्माण गरी हस्तान्तरण गरिएको जानकारी दिनुभयो । उहाँले यस अभियान अन्तगरगत युवा संघले ९० वटा भग्नावशेष हटाएको उल्लेख गर्नुभयो ।

About The Author

Loading...

अन्य समाचारहरु: