Wed. Aug 12th, 2020

समाजसेवामा रमाउँदै कारु स्मृति प्रतिष्ठान धादिङका यूवाहरु


१८ साउन, धादिङ–


राजमार्गमा हुने सवारी दुर्घटनाका घाइतेहरुलाई उद्दार होस् या राजमार्ग अवरुद्ध हुँदा मध्यस्तकर्ताको भुमिका खेली सवारी साधनहरु आवत–जावत गर्न सहज वातावरण बनाउने युवाहरु । बजार सरसफाई र फोहोरमैला व्यवस्थापन, स्वास्थ्यशिविर, रक्तदान कार्यक्रम, साँस्कृतिक तथा जनचेतनामुलक कार्यक्रमहरुमा सहयोगी भूमिका निर्वाह गर्ने युवाहरु । तीनै कारु स्मृति प्रतिष्ठान धादिङका युवाहरु मन, वचन र कर्मले समाजसेवामा लागि परेका छन् ।
जिल्लाको बेनिघाट रोराङ गाउँपालिका वडा नं ५ बेनिघाट बजारमा संस्थाको स्थापना गरी स्थापनाकाल देखिनै विभिन्न सामाजिक कार्यक्रमहरु गरी सोही ठाउँका स्थानियहरुको मन जित्न सफल भएका छन् ।

वर्तमान परिस्थितिमा कोभिड–१९ अर्थात् कोरोना भाइरस महामारीले संसारभरी नै जनजीवन उथलपुथल भइरहेको छ । यस महामारीको अवस्थामा प्रतिष्ठानले झन बढी प्रभावकारी भुमिका निभाउदै आएको छ । नेपाल सरकारले गरेको लकडाउनको पूर्ण रुपमा पालना गर्दै संस्थाले बेनिघाट बजार क्षेत्रमा मास्क वितरण गरेका थिए । कोरोना भाइरसको संक्रमणबाट जोगिन जनचेतना मुलक कार्यक्रम गरी ब्यानर प्रिन्ट मार्फत चोक चोकमा ब्यानर राखेर कोरोना भाइरसबाट बच्ने सन्देशजारी गरिरहेको छ ।

लकडाउन भएको दोस्रो हप्ताबाट दैनिक गुजारा चलाउन कठिन भएका सर्वसाधारणहरु काठमाडौं उपत्यका छोडी पृथ्वी राजमार्ग हुँदै आफ्नो गाउँघर फर्कनेहरुकोे भिड देखिएपछि उक्त संस्थाले सामाजिक दुरी कायम गर्दै बेनिघाट बजारमा हेल्प डेस्कको स्थापना गरेको थियो । हेल्प डेस्क मार्फत दिउँसो राजमार्ग हुँदै पैदल तथा साइकलबाट यात्रा गर्ने यात्रुहरुका लागि खाजा, पानी र मास्क उपलब्ध गराएको थियो ।

स्थानीय सरकार, स्थानीय बृद्धिजिवि अभिभावक र प्रतिष्ठानका यूवाहरु मिलेर बेलुका हिड्ने पैदल यात्रुहरुलाई खाना र बास स्थानकोे व्यवस्था मिलाएका थिए । साथै लकडाउनको समयमा स्थानीय सरकारले गरिब, दुखी र दैनिक मजदुरी गरी जिवनयापन गर्ने जनताहरुलाई राहतवितरण गरिएको थियो । सोही राहत वितरण कार्यक्रमा कारु स्मृति प्रतिष्ठानले बेनिघाट वडा नं। ५ भित्र स्वयम सेवकको भुमिका निर्वाह गरेका थिए र वडा नं। ५ लाई केहीबोरा चामल, नुन तेल र दाल समेत किनेर सहयोग पनि गरेको थियो ।

बेनिघाट बजारमा पहिरोले क्षति पु¥याएको र प्रकृति विपत्मा परेका घर परिवारलाई प्रतिष्ठानका यूवाहरुको सक्रियतामा उद्दार गरेको थिए ।

अविरल वर्षाका कारण गोरखा र धादिङ जिल्ला जोड्ने पुलमा लेदो माटो र ढुङ्गा थुपारिएको थियो । सवारी साधनहरु आवज–जावतमा अवरोध भएको थियो । प्रतिष्ठानका यूवाहरु मिलि डोजरद्वारा पुलमा रहेको लेदो माटो र ढुङ्गा हटाई, मानिसहरु र सवारी साधनहरु आवज–जावत सहज बनाउनका सहयोग गरेका छन् । आगामी दिनहरुमा पनि भैपरी आउने जुनसुकै विषम परिस्थिति, सुख,दुःख, समाजका स्तर उन्नतीका लागि यस कारु स्मृति प्रतिष्ठानका यूवाहरुले सदैव अहिले जसरी नै सक्रिय हुने संस्थाले बताएको छ ।

२०७७ साउन १८ गते प्रकाशित

Loading...

अन्य समाचारहरु: