Wed. May 14th, 2025

कृष्ण र अस्मिताको ‘मेरो नशा नशामा तिमी’ सार्वजनिक (भिडियो सहित)

१२ भदौ, दाङ –

कृष्ण काफ्ले र अस्मिता अधिकारीको स्वरमा रहेको ‘मेरो नशा नशामा तिमी’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । अम्बिका गुरुङको शब्द अर्जुन पोखरेलको संगीत रहेको गितमा ओबी रायमाझी र अञ्जना कँडेलले अभिनय गरेका छन ।

डाकोन पिक्चरले निर्माण गरेको भिडियोमा क्रान्ति के.सी.को निर्देशन तथा निराजन के.सी.को सहायक निर्देशन छ । बुधबार ओ.बी. रायमाझीको यूट्युब च्यानल मार्फत सार्वजनिक गरिएको उक्त गीतको भिडियोलाई अजय रेग्मीले खिचेका हुन ।

साथै यस गीतलाई TikTok प्रतियोगितामा राखिएको र भाद्र मसान्त सम्म जसको सबैभन्दा बढि TikTok भिउज पुग्छ उसलाई पुरष्कार शोरुप नगद रु २०,००० प्रदान गरिने समेत डाकोन पिक्चरको निर्माण युनिटले बताए ।

२०७७ भदौ १२ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: