Sat. Oct 31st, 2020

लामो दुरीका सवारी साधन आजदेखि संचालनमा

१ असोज , धादिङ –

लामो दूरीका सार्वजनिक यातायात सेवा ६ महिनापछि आज बिहीबारबाट सञ्चालनमा आउने भएको छ । लामो तथा मध्यम दूरीका सार्वजनिक यातायातका साधन सञ्चालनको लागि सरकारी निर्णय भएसँगै सार्वजनिक यातायात मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार आजदेखि सञ्चालन हुने भएको हो ।
बिहानैबाट सवारी साधन र बसपार्क क्षेत्रलाई निःसंक्रमण गरिएको छ । आजै विश्वकर्माको पूजा समेत परेकोले बिहानैबाट यातायात व्यवसायी र मजदुरहरु सवारी साधन सरसफाई र पूजाआजामा व्यस्त देखिन्थे। सरकारले असोज १ देखि सार्वजनिक यातायात र आन्तरिक हवाई उडान खुला गर्ने निर्णय मंगलबार गरेको थियो ।


२०७७ असोज १ गते प्रकाशित

Loading...