
२१ असोज,काठमाडौ –
चर्चित रियालिटी शो ‘मुन्द्रेको कमेडी क्लब’ निषेधाज्ञा खुकुलो भएसँगै पुनस् सुरू हुने भएको छ। कलाकार जितु नेपालले सञ्चालन गर्ने ‘मुन्द्रेको कमेडी क्लब’ कोरोना महामारीका कारण सरकारी लकडाउनसँगै स्थगित भएको थियो।
लामो समयपछि सुरू हुँदा अब प्रसारण हुने शृंखलालाईसिजन २ु भनिएको छ। पहिलो सिजनभन्दा फरक स्वाद दिन कमेडी क्लबमा केही हेरफेर गरिएको जितुले बताए।
नयाँ सिजनसँगै अध्यक्षमा निर्देशक दीपाश्री निरौलाको ठाउँमा नायिका करिश्मा मानन्धर देखिने छिन्। सिजन २ को पहिलो भाग २६ असोजदेखि हरेक सोमबार बेलुकी ८ ः४५ मा प्रसारण हुनेछ।
जितुका अनुसार नयाँ सिजनमा करिश्मा बाहेक खड्गबहादुर पुन मगर पनि देखिने छन्।
उनले भने, नयाँ सिजनमा केही नयाँ कलाकारसँगै सेटअप पनि नयाँ देखिनेछ। पहिला टुरिजम बोर्डको साँघुरो कोठामा छायांकन हुन्थ्यो। यस पटक भ्वाइस अफ नेपालको स्टुडियोमा छायांकन गरिरहेका छौं।
हालसम्म चार भागको छायांकन गर्ने काम सकिइसकेको सिजन २ को पहिलो भागमा रेखा थापा अतिथिका रुपमा आउने छिन्। कोरोना महामारीको जोखिम कायम रहेकाले छायांकनका बेला स्वास्थ्य सुरक्षालाई ध्यानमा राखेर शर्तकता अपनाइएको समेत उनले बताए।
पहिलो सिजनबाट बाहिरिएपछि दीपाश्रीले फेसबुक स्टाटस मार्फत जितु नेपाल र मुन्द्रेको कमेडी क्लब समूहलाई धन्यवाद दिएकी छिन्। उनले निकट भविष्यमा टेलिभिजनको पर्दामा जानकारीसमेत दिएकी छिन्।
२०७७ असोज २१ गते प्रकाशित