Fri. Jul 4th, 2025

धुनिबेशी नगरपालिकाको प्रशासनिक भवनको शिलान्यास


२ कात्तिक, धादिङ–


धादिङको धुनिवेशी नगरपालिकाको प्रशासनिक भवनको शिलान्यास गरिएको छ । पालिका केन्द्र तोकिएको धुनिबेशी नगरपालिका वडा नम्बर ९ को जुगेडीमा प्रशासनिक भवन निर्माणको कार्य अगाडि बढाइएको हो ।

पृर्व स्थानिय विकास मन्त्री तथा धादिङका प्रदेश सांसद राजेन्द्र प्रसाद पाण्डे, नगर प्रमुख बालकृष्ण आचार्य र उपप्रमुख निरु खरेलले भवनको शिलान्यास गरेका हुन् ।

पृथ्वी राजमार्गबाट ५०० मिटर भित्र रहेको जुगेडीमा साढे चार तले भवन ४० हजार एक सय ३० स्क्वायर फिट क्षेत्रफल तथा ३९ वटा कोठा भएको भवन निमार्ण हुने इन्जिनियर नवराज श्रेष्ठले बताए । २ वर्षमा निमार्ण गरिने उक्त भवनको लागत ३० करोड रहेको छ ।

अहिले १५ करोडमा ठेक्का खोल्दा ९ करोड ५२ लाख ३५ हजार ५ सय ५९ रुपैयाँमा रबीनअबिशाबीकन जे भि ले ठेक्का पारेको हो । भवनमा सभाहल, बैठक कक्ष, प्रमुख, उपप्रमुखको कार्यकक्ष, सचिवालय, प्रमुख प्रशासकीय अधिकृतको कार्य कक्ष सहित विभिन्न शाखा प्रमुख तथा कर्मचारीहरुको कार्यकक्ष हुने छ । भवनको चारैतिर कम्पाउण्ड आसपासमा हरियाली सहितको ग्राउण्ड र पार्किङ हुनेछ ।

२०७७ कात्तिक २ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: