Tue. Mar 2nd, 2021

ट्राफिक प्रहरीलाई घुस दिन खोज्दा धादिङका एक सहित दुई चालक पक्राउ

११ माघ, धादिङ –

ट्राफिक प्रहरीलाई घुस दिन खोज्ने दुई चालक पक्राउ परेका छन् । काठमाण्डौमा ड्यूटीमा खटिरहेका ट्राफिक प्रहरीलाई घुस दिन खोज्ने दुई जना चालक पक्राउ परेका हुन् ।

शनिवार ९ बजे कलंकी खसीबजार सडकखण्डमा ड्यूटीमा खटिएका ट्राफिक प्रहरीलाई बा ४ ख ७३२५ नम्बरको टिप्पर चालक धादिङ थाक्रेका २८ वर्षका रामहरी थापाले पाँच सय रुपैयाँ घुस दिन खोजेका थिए ।

ट्राफिक प्रहरीले गाडीको कागजात माग्दा चालक थापाले पाँच सय रुपैयाँ घुस दिन खोजेका महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । यस्तै, शनिवार राति साढे ९ बजे कलंकी–खसीबजारबाट को १ ख ५००४ नम्बरको टिप्पर चालक पक्राउ गरेका छन् ।

चालक मकवानपुरका कुलबहादुर घलानले पनि ड्यूटीमा खटिएका ट्राफिक प्रहरीलाई दुई सय रुपैयाँ घुस दिन खोजेका थिए ।

२०७७ माघ ११ गते प्रकाशित

Loading...

अन्य समाचारहरु: