Tue. Apr 20th, 2021

भागरथी बलात्कार हत्या अनुसन्धान जारी , अझै पत्ता लागेनन् दोषी

४ फागुन , बैतडी –

बैतडीकी किशोरी भागरथी भट्ट हत्या अनुसन्धानका लागि सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक ९डिआइजी० उत्तम सुवेदी आफैं फिल्डमा खटिएको १० दिन पुगेको छ।

डिआइजी सुवेदीले समग्र अनुसन्धानको निगरानी, निर्देशन र अनुगमन गर्ने काम गरिरहेका छन्। उनी आफैं स्थानीय, परिवार तथा शंकास्पद व्यक्तिहरूसँग सोधपुछमा छन्।

यो १० दिनको नतिजा भने प्रगतिउन्मुख छैन। प्रहरीले अनुसन्धानको घेरा साँघुरो भएको बताए पनि तथ्यहरूले अझै पनि भागरथीको बलात्कार र हत्या गर्ने को हुन् एकिन गर्न सकेको छैन।

न प्रहरीले अहिलेसम्म कसैलाई नियन्त्रणमा लिन सकेको छ। अधिकारीहरू यो घटनामा प्रहरीको ‘रणनीति’ अलि फरक रहेको बताउँछन्।

निर्मला पन्त प्रकरणमा प्रहरीले शंकास्पद व्यक्ति पक्राउ गर्दै सार्वजनिक गर्‍यो। तर, तथ्य हात नलागेपछि छोड्नु पर्ने अवस्था आयो। प्रहरीले तथ्यबेगरै सार्वजनिक गर्‍यो भनी आलोचना भएको थियो।

अधिकारीहरू निर्मला पन्तको अनुसन्धानमा देखिएजस्तो जटिलता भागरथी प्रकरणमा देख्दैनन्। शतप्रतिशत तथ्यमा पुगेर प्रगति सार्वजनिक गर्ने र यो सफलताउन्मुख रहेको सुदूरपश्चिम प्रदेश प्रहरी प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक मुकेश सिंह बताउँछन्।

‘भागरथी भट्टको हत्या प्रकरण निर्मला पन्तको जस्तो असफलतातिर नजाओस् भन्नेतर्फ हामी सचेत छौं,’ सिंह भन्छन्, ‘विगतको जस्तो अनुसन्धान ट्रयाकबाहिर नजाओस् भनेरै हामीले अनुसन्धानमा पर्याप्त समय दिएका छौं।

सडकमा भने भागरथी हत्याका दोषी पत्ता लगाउन प्रहरीलाई दबाब छ। सडकको दबाबलाई लिएर अनुसन्धान प्रभावित हुन नदिने दाबी प्रहरीले गरिरहेको छ।

२०७७ फागुन ४ गते प्रकाशित

Loading...

अन्य समाचारहरु: