
४ बैशाख, धादिङ –
गणेश हिमाल पर्यटन विकास समितिको नवौं वार्षिक साधारण सभाले रंकेश गुरुङको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ । काठमाडौँमा भएको साधारण सभाले गुरुङको नेतृत्वमा २५ जनाको कार्यसमिति चयन गरेको हो ।
समितिको बरिष्ठ उपाध्यक्षमा टेक बहादुर खकुरेल, प्रथम उपाध्यक्षमा राजेन्द्र प्रसाद सुवेदी, द्धितिय उपाध्यक्षमा दलबहादुर गुरुङ, महासचिवमा चन्द्रबहादुर गुरुङ, सचिवमा सुक लामा तामाङ, कोषाध्यक्षमा टेक बहादुर गुरुङ र सह–कोषाध्यक्षमा रीता अधिकारी सर्वसम्मत रुपमा चयन भएको हो । कार्यसमितिमा १७ जना सदस्यहरु पनि सर्वसम्मत रुपमा चयन गरिएको हो ।
कार्यक्रमका प्रमुख अतिथि राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा।डा। पुष्पराज कंडेलले समग्र धादिङ जिल्लालाई पर्यटनमैत्री वातावरण बनाउनुपर्ने बताए । यसका लागि आफुले सक्दो पहल गरिरहेको बताए ।
कार्यक्रममा संघिय सभासद खेम लोहनी, उद्योग पर्यटन तथा वातावरण समितिकी सभापति माननीय रमा आले मगर, प्रदेश सभासद जगत सिंखडा, पूर्व पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री पर्शुराम तामाङ, पर्यटन बोर्डको उपाध्यक्ष चन्द्र रिजाल लगायत विभिन्न संघसंस्थाका पदाधिकारीहरु र बरिष्ठ पर्यटन व्यवसायीहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रममा गणेश हिमाल पर्यटन विकास समितिका संस्थापक अध्यक्ष कुलबहादुर गुरुङ र निर्वतमान अध्यक्ष तेज बहादुर गुरुङले समग्र धादिङ जिल्लाको पर्यटन पूर्वधार र समितिको काम कर्तव्यबारे विस्तृत जानकारी दिए ।
२०७८ बैशाख ४ गते प्रकाशित