Wed. May 14th, 2025

भंगेरी चरीकि गायिका रिना के.सी.को आवाजमा अर्को नँया दोहोरी गीत

८ बैशाख , काठमाडौ

खनेपाली लोकदोहोरी गीत संगीतमा लोकप्रिय गायिका रिना केसी र गायक कमल चापागाईँको आवाजमा रहेको’कस्तो माया जाल’ गीतको भिडियो माला रानी क्रियसन मार्फत सार्वजनिक भएको छ ।

मायालु प्रेमी प्रेमीका विचको मायाको सौगातलाई गीतमा निकै कलात्मक रुपमा प्रस्तुत गरिएको छ । अमृत चापागाईँ र मालती ढकालको शब्द तथा कमल चापागईको लय सिर्जना गीतमा रहेको छ । युवा अवस्थामा रहेपर्ने आफुलाई माया गर्ने प्यारो मान्छे नआउदाको पिडालाई रोमान्चक रुपमा प्रस्तुत गरिएको छ ।

मरुभुमी नारायणको छायाँकन, रोशन धितालको सम्पादन तथा नरेन श्रेष्ठको निर्देशन एवम अमोन रानाको कोरियोग्राफी भिडियोमा रहेको छ ।’कस्तो माया जाल’गीतको भिडियोमा शुक्र लामा र आरती मगरको अभिनय रहेको छ ।

२०७८ बैशाख ८ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: