
१ जेठ, धादिङ–
धादिङको धुनीबेसी नगरपालिकाले अक्सिजनसहित २० बेडको कोभिड १९ आइसोलेसन सेन्टर सञ्चालनमा ल्याएको छ ।
धुनीबेसी नगरपालिका वडा न ७ अमरेचौरस्थित मछिन्द्र बहुमुखी क्याम्पसको निर्मित भवनमा सञ्चालनमा ल्याएको हो । कोरोना भाइरस (कोभिड –१९) को संक्रमण दर बढ्दै जाँदा अक्सिजन सहितको बेड स्थापना गरेको हो ।
आइसोलेसन सेन्टरमा नेपाल रेडक्रस सोसाइटी धुनीबेसी धादिङको तर्फबाट १० थान कम्बल र ५ थान ब्लाङकेट समेत प्रदान गरिएको छ ।
२०७८ जेठ १ गते प्रकाशित