Thu. Jul 17th, 2025

बागमती प्रहरीले प्रशिक्षणमा काठको डमी हतियार प्रयोग गर्ने


२ जेठ, धादिङ–


बागमती प्रदेश प्रहरीले फायरिङ बाहेकका अन्य प्रशिक्षण गतिविधिमा काठको डमी हतियार प्रयोग गर्ने भएको छ । प्रहरीको प्रशिक्षण गर्ने ईकाईहरुबाट हाल नियमित प्रयोग गरिने ओरजिनल हतियार प्रयोग गर्दै आइरहेकोमा अहिले डमी हतियार प्रयोग गर्ने बताइएको छ । प्रशिक्षणको क्रममा प्रयोग गर्दा सक्कली हतियार बिग्रने, फुटेर काम नलाग्ने हुँदा डमी हतियार प्रयोग गर्न लागिएको बागमी प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

प्रदेश प्रहरी कार्यालयको वार्षिक कार्ययोजना–२०७७ मा उल्लेख भएको क्रियाकलाप अनुसार पाँचसय थान काठको डमी हतियार तयार पारिने बागमती प्रदेश प्रहरी कार्यालय हेटौडाका बरिष्ठ प्रहरी उपरीक्षक मीरा चौधरीले बताइन् ।

कार्यालयको आन्तरिक स्रोत साधन तथा कार्यालयको हातहतियार मर्मत शाखामा कार्यरत प्राविधिक प्रहरी जनशक्तिहरुबाट पहिलो चरणमा ५० थान काठको डमी हतियार निर्माण सम्पन्न गरिएको छ ।

ओर्जिनल हतियारको तौल र साईजमा निर्माण गरी बागमती प्रदेश प्रहरीको प्रमुख प्रशिक्षण प्रदान गर्ने ईकाई बागमती प्रदेश प्रहरी तालिम केन्द्र दुधौली सिन्धुलीलाई ५० थान काठको डमी हतियार प्रदान गरिएको छ । सो हतियार प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक बसन्त कुमार लामाले हस्तान्तरण गरेका हुन् ।

फायरीङ बाहेकको अन्य हातहतियार प्रशिक्षण कार्यमा सक्कली हतियार प्रयोग नगरी डमी हतियार प्रयोग गर्दा सक्कली हतियार टुट्ने, फुट्ने नभई हिफाजत हुनकार्यालयले जनाएको छ ।

२०७८ जेठ २ गते प्रकाशित

About The Author

अन्य समाचारहरु: