
२१ जेठ , धादिङ –
धादिङ जिल्ला अदालतका न्यायाधीश देवेन्द्र पौडेलको कोरोना संक्रमणका कारण निधन भएको छ ।
५५ वर्षीय पौडेलको शुक्रबार बिहान उपचारको क्रममा काठमाडौँ स्थित स्टार अस्पतालमा निधन भएको धादिङ जिल्ला न्यायाधीश आत्मदेव जोशीले जानकारी दिए ।
झापा घर भएका पौडेल बिगत दुई बर्षदेखी धादिङ जिल्ला अदालतमा कार्यरत हुनुहुन्थ्यो ।
२०७८ जेठ २१ गते प्रकाशित