Wed. Jul 16th, 2025

बुढिगण्डकी नदिले बगाउँदा ३ जना बेपत्ता

फाइल फोटो


२५ जेठ, धादिङ–


बुढिगण्डकी नदिले बगाउँदा तीन जना युवा बेपत्ता भएका छन् ।

धादिङको ज्वालामुखी गाउँपालिका–२ जोगीटार गाउँमा आफन्त बितेपछि मलामी गएका सोही स्थानको तीन जनालाई मंगलबार दिउँसो सवा ३ बजेतिर नदिमा नुहाउने क्रममा बगाएको प्रहरीले जानकारी दिए ।

वेपत्ता हुनेमा धादिङको ज्वालामुखी गाउँपालिका वडा नम्बर २ बस्ने अन्दाजी २२ वर्षीय सुवास नेपाली, २२ वर्षीय दिनेश नेपाली र १९ वर्षीय सन्तोष नेपाली रहेका छन् ।

बेपत्ता भएकाहरुको खोजी कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायव उपरिक्षक जागेश्वर भण्डारीले जानकारी दिए ।

About The Author

अन्य समाचारहरु: