
२५ जेठ, धादिङ–
दक्षिणी धादिङमा रहेका चेपाङ समुदायका घरधुरीलाई नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तिय संस्था लिमिटेडले खाद्यन्न सहयोग गरेको छ ।
धादिङको बेनिघाट रोराङ गाउँपालिका वडा नं ८ को जीरवाङ, यारवाङ, गोठीभन्ज्याङ, साचक, दुङवाङ, दाङवाङमा रहेका एक सय घर परिवारलाई खाद्यन्न सामग्री सहयोग गरिएको हो ।
प्रत्येक घरधुरीलाई एक बोरा चामल, दुई किलो दाल र दुई किलो नुन गरी एक लाख पचास हजार बराबरको खाद्यन्न सामग्री सहयोग गरिएको नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तिय संस्था लिमिटेडका प्रमुख कार्यकारी अधिकृत रामबहादुर यादवले जानकारी दिए ।
गाउँमै पुगेर वडा अध्यक्ष बिरबहादुर श्रेष्ठको रोहबरमा सुत्केरी, गर्भवती र अति बिपन्न परिवारलाई २ बोरा र बाँकी परिवारलाई १ बोराको दरले खाद्यान्न वितरण गरिएको हो ।
बेनिघाट रोराङ गाउँपालिका वडान ८ चेपाङ समुदायमा खाद्यन्न अभावका कारण भोकमरी भएको समाचार विभिन्न सञ्चारमाध्यममा प्रकाशित भएपछि राहत सहयोग गरिएको हो ।