Wed. May 14th, 2025

धादिङमा पाँच विधामा फोटो प्रतियोगीता हुने

धादिङ: धादिङमा आगामी असोज ११ गते विश्व पर्यटन दिवसको दिन फोटो प्रतियोगीता आयोजना हुने भएको छ । फोटो पत्रकार संघ धादिङले पाँच विधामा प्रतियोगीताको आयोजना गरेको हो । डेली लाइफ, कला संस्कृति तथा धर्म, पर्यटन, महिला तथा बालबालिका र आर्थिक विधामा प्रतियोगीताको आयोजना गर्न लागिएको बताइएको छ ।

प्रतियोगीतामा धादिङ जिल्लाभित्र खिचिएको फोटो मात्र समाबेश हुने र फोटो खिच्ने व्यक्ति भने जिल्ला बाहिरको भएपनि मान्य हुने बताइएको छ । फोटो मुल्याङ्कन गर्दा कृषि, पर्यटन, कला सहित्य, संस्कृति, र जिल्लाका ऐतिहासकि महत्व बोकेका दृष्यहरुलाई बढी प्राथमिकता दिईने फोटो पत्रकार संघ धादिङका अध्यक्ष मनिष दुवाडीले जानकारी दिए । फोटो आगामी असोज ३ गतेसम्म पठाइसक्नुपर्ने उनले बताए ।

प्रतियोगीतामा पठाइने फोटो मोबाइल वा क्यामरा दुवैले खिचेको मान्य हुने, न्युनतम १ एमबि सम्मको र जेपिजे फरम्याटमा हुनुपर्ने तथा सेल्फी फोटो भने स्वत रद्द हुने बताइएको छ । प्रतियोगीताका लागि एक सहभागीले प्रत्येक विधामा एउटा मात्रै फोटो पठाउन पाइनेछ भने फोटो असोज ३ गतेसम्म पठाउनु पर्नेछ । फोटो पठाउदाँ कुन विधाको लागि पठाइएको हो, विधा उल्लेख अनिवार्य गर्नुपर्नेछ ।

स्कोरको आधारमा हरेक विधामा उत्कृष्ट भएको एउटा फोटोलाई पुरस्कृत गरिनेछ । प्रतियोगीतामा प्रत्येक विधाका विजेतालाई नगद बीस हजार सहित ट्रफी र प्रमाणपत्र प्रदान गरिने आयोजकले जानकारी दिएको छ । संस्थाले यसअघि पनि फोटो प्रतियोगीताको आयोजना र फोटोग्राफी तालिम संचालन गरेको थियोे ।

अवार्डका विधाहरु
१. डेली लाइफ
२. कला संस्कृति, धर्म
३. पर्यटन
४. महिला तथा बालबालिका
५. आर्थिक

प्रतियोगीतामा सहभागीताका लागि नियमहरु :
१. फोटो धादिङ जिल्लाभित्र खिचिएको हुनुपर्नेछ । फोटो खिच्ने व्यक्ति जिल्ला बाहिरको भएपनि मान्य हुनेछ । फोटो जुनसुकै समयमा खिचेको भएपनि प्रतियोगीताको लागि योग्य हुनेछ । फोटो पठाउदा क्याप्सन अनिवार्य खुलाउनु पर्नेछ ।
२. प्रतियोगितामा सहभागी गराईने फोटो स्वंयम व्यक्तिले खिचेको हुनुपर्ने छ । अन्यथा फोटो चोरी भएको दावी विरोध आएमा र दोषी ठहरिएमा कानुन बमोजिम कार्वाही प्रक्रिया अगाडी बढाईने छ ।
३. यसअघिका अन्य प्रतियोगीताहरुमा विजयी भएका फोटोहरु पठाउन पाइने छैन ।
४. मोबाइल वा क्यामरा दुवैले खिचेको फोटो प्रतियोगीतामा पठाउन पाइनेछ । फोटो न्युनतम १ एमबि सम्मको र जेपिजे फरम्याटमा हुनुपर्ने छ । सेल्फी फोटो स्वत रद्द हुनेछ ।
५. प्रतियोगीताका लागि फोटो असोज ३ गतेसम्म पठाउनु पर्नेछ । फोटो पठाउदाँ कुन विधाको लागि पठाइएको हो, विधा उल्लेख अनिवार्य गर्नुपर्नेछ ।
६. फोटो अनावश्यक रुपमा सम्पादन गरिएको पाइएमा मान्य हुने छैन ।
७. एक सहभागीेले प्रत्येक विधामा एउटा मात्रै फोटो पठाउन पाइनेछ । बढी पठाएमा स्वत रद्द हुनेछ ।
८. धादिङ जिल्ला भित्र खिचिएका तर धादिङ बाहिरका फोटोग्राफरहरुले समेत प्रतियोगितामा भाग लिन पाइनेछ ।

फोटो मुल्याङ्कन विधि
१. आवेदन दिई तोकिएको मापदण्ड पुरा गरेका हरेक फोटोलाई कोडिङ फोल्डरमा राखिने छ ।
२. राष्ट्रिय रुपमा चर्चित फोटोग्राफर प्रशिक्षक ३ जनालाई उक्त व्यक्तिको नाम नलेखिएको कोडिङ् फोल्डरको फोटो स्कोरिङ गर्न दिईने छ  ।
३. प्रत्येक फोटोको पुुर्णाङ्क १०० रहने छ ।
४. आवेदनमा सहभागी तर मापदण्ड भित्र नपरेका फोटोहरुलाई प्रतियोगितामा सहभागी गराईने छैन ।
५. स्कोरको आधारमा हरेक विधामा उत्कृष्ट भएको एउटा फोटोलाई पुरस्कृत गरिनेछ । ।
६. फोटो मुल्याङ्कन गर्दा कृषि, पर्यटन, कला सहित्य, संस्कृति, र जिल्लाका ऐतिहासकि महत्व बोकेका दृष्यहरुलाई बढी प्राथमिकता दिईने छ ।

पुरस्कार सम्बन्धी मापदण्ड
१. प्रत्येक विधाका विजेतालाई नगद २०,०००/– (बीस हजार) सहित ट्रफी र प्रमाणपत्र प्रदान गरिनेछ ।
२. प्रतियोगीतमा कुनै विवाद उत्पन्न भएमा निर्णायकको निर्णय नै अन्तिम हुनेछ ।

प्रतियोगीताका लागि निम्न इमेल ठेगानामा फोटो पठाउनुपर्नेछ ।

nfpjdhading@gmail.com,

manish.dhading@gmail.com,

stha.news@gmail.com


थप जानकारीको लागि सम्पर्क
मनिष दुवाडी, अध्यक्ष मोबाइल नम्बर : ९८५११६०६३७
सरिता श्रेष्ठ, सचिव मोबाइल नम्बर : ९८५११३०१७७

आयोजक
फोटो पत्रकार संघ धादिङ

About The Author

अन्य समाचारहरु: