Tue. May 13th, 2025

केही दिन मनसुन सक्रिय हुने बाढी पहिरो जोखिम सर्तक रहन आग्रह

धादिङ

मनसुन थप सक्रिय भएकाले यो हप्ता देशका धेरै ठाउँमा बाढी पहिरोको जोखिम रहेको मौसमविद्ले बताएका छन् । यसपालिको मनसुनमा औसतभन्दा धेरै वर्षा भइसकेको छ ।

यसअघि नै धेरै ठाउँमा जमिन गल्ने गरि पानी परिसकेकाले अब हुने वर्षाले थप जोखिम निम्त्याउने मौसमविद् वरुण पौडेलले जानकारी दिए । उनका अनुसार यो हप्ताभरि नै बाढी पहिरोको जोखिम उच्च छ ।

गएरातिदेखि नै काठमाण्डौ उपत्यकासहित वाग्मती प्रदेशका धेरै ठाउँमा पानी परिरहेको छ । यस्तै, प्रदेश–१, प्रदेश–२, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका तराई क्षेत्रमा पानी परिरहेको मौसमविद् पौडेलले जानकारी दिनुभयो दिए । उनका अनुसार दिउँसो केहीबेर पानी पर्न रोकिने छ । तर, बेलुकापखदेखि फेरि पानी पर्ने सम्भावना छ ।

About The Author

अन्य समाचारहरु: