Sat. Jul 27th, 2024

सिनेमा हल १७ गते देखि खुल्ने

काठमाडौ –

उपत्यकाका जिल्ला प्रशासन कार्यालयहरूले भौतिक रूपमा विद्यालय सञ्चालनबारे अस्पष्ट निर्णय गरेका छन् । तर प्रमुख जिल्ला अधिकारीहरूको बैठकले सिनेमा हल भने भदौ १७ गते बिहीबारबाट खुलाउने निर्णय गरेका छन् ।

योसँगै मनोरञ्जन स्थल, जिमखाना, खेलकुद, व्युटीपार्लर सैलुन लगायतका अहिलेसम्म बन्द रहेका व्यवसाय सञ्चालन हुने भएका छन् ।

बुधबार बसेको तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूको बैठकले जारी निषेधाज्ञाबारे थप निर्णय गर्दै विद्यालय सञ्चालनबारे भने अस्पष्ट निर्णय गरेका हुन् ।

कोरोना सङ्क्रमण दरलाई विश्लेषण गरेर विद्यालयबारे यस्तो निर्णय गरेको ललितपुरका प्रमुख जिल्ला अधिकारी ढुण्डीराज निरौलाले जानकारी दिए । ‘केही क्षेत्रमा भने निषेधाज्ञा जारी नै छ’, निरौलाले भने । उनका अनुसार निषेधाज्ञामा गर्न नहुने भनेर लेखिएका बाहेक अन्य व्यवसाय सञ्चालन हुन सक्नेछन् ।

बैठक पछि काठमाडौँ जिल्ला प्रशासनले जारी गरेको आदेशमा भदौ १७ देखि भदौ मसान्तसम्म लागु हुने गरी शैक्षिक संस्थाहरू भौतिक उपस्थितिमा पठनपाठन गर्न गराउन नपाउने उल्लेख छ । आदेशमा भौतिक उपस्थितिमा पठनपाठन गर्नुपर्ने भएमा सरकारले जारी गरेको स्मार्ट लकडाउनको प्रावधानभित्र रहेर स्थानीय तहरुले कोभिड १९ सङ्कट व्यवस्थापन केन्द्रसँग समन्वय गरी विद्यालयहरू सञ्चालन गर्न सक्ने उल्लेख छ ।

त्यस्तै प्रशासनले अनावश्यक रूपमा भीडभाड नगर्ने,सभा, जुलुस, जात्रा, महोत्सव आदि नगर्ने नराउने भनेको छ ।

About The Author

Loading...

अन्य समाचारहरु: