Sat. Jul 27th, 2024

कक्षा १२ को परीक्षा भौतिक उपस्थितिमै भदौ ३० देखि हुने

धादिङ –

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा भदौ ३० गतेदेखि सञ्चालन गर्ने भएको छ।

बुधबार बसेको बोर्डको बैठकले विद्यार्थीहरुको भौतिक उपस्थितिमै यसअघि स्थगित परीक्षा भदौ ३० देखि असोज ८ गतेसम्म सञ्चालन गर्ने निर्णय गरेको परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माले जानकारी दिए ।

यसअघि गत साउन ३१ देखि भदौ ९ गतेसम्म परीक्षा तालिका सार्वजनिक गरिएको थियो।तर कोरोना भाइरस संक्रमण बढेको भन्दै स्थगित गरिएको थियो।

सरकारले कक्षा ११ र १२ का परीक्षार्थीलाई कोरोना भाइरसविरुद्धको खोप पनि दिएको छ।

About The Author

Loading...

अन्य समाचारहरु: