Fri. Mar 29th, 2024

अफगानिस्तानबाट ८ सय ४७ नेपाली फर्किए

एजेन्सी –

अफगानिस्तानबाट ८ सय ४७ नेपाली स्वदेश फर्किएका छन् । तालिबानले सत्ता कब्जा गरेपछि असहज परिस्थिति सिर्जना भएसँगै नेपालीहरू स्वदेश फर्किने क्रम जारी छ ।

तालिबानले अफगानिस्तानमा सत्ता गरेयता त्यहाँ कार्यरत हजारौँ नेपाली त्रसित छन् । काबुल अशान्त भएसँगै त्यहाँ रहेका नेपालीहरू उद्धारको पर्खाइमा रहे पनि फर्किनका लागि रुचि नदेखाएको पाइएको छ ।

फर्किएकामध्ये अधिकांश नेपालीलाई अमेरिकी दूतावासले स्वदेश फर्काएको हो । अन्य दूतावासमा कार्यरत नेपाली पनि स्वदेश फर्कन थालेका छन् । परराष्ट्र मन्त्रालयले काबुलमा उद्धारको पर्खाइमा रहेका थप नेपाली नागरिकलाई उद्धार गरी स्वदेश फर्काउन समन्वय भइरहेको जनाएको छ ।

अफगानिस्तानबाट उद्धार भई कतार एयरको दोहा–काठमाडौँको नियमित उडानबाट बुधबार १६ जना, मंगलबार ५ जना, सोमबार ५० जना, आइतबार ८ जना नेपाली स्वदेश फर्किएको परराष्ट्रले जनाएको छ ।

परराष्ट्र मन्त्रालयका प्रवक्ता सेवा लम्सालले अफगानिस्तानमा फसेका नेपालीको उद्धार भइरहेका बताइन् । ‘उद्धारका लागि नाम टिपाउनुभएका सबैलाई विभिन्न निकायसँग समन्वय गरी फिर्ता ल्याइरहेका छौँ’, उनले भनिन्, ‘समन्वयमा केही दूतावासले समेत पठाउन सुरु गर्नुभएको छ ।’

उनका अनुसार नाम टिपाएकामध्ये ३४ जनालाई ल्याउन गृहकार्य भइरहेको छ । ‘उहाँहरू सुरक्षित हुनुहुन्छ, हामी उपयुक्त समयमा ल्याउँछौं’ उनले भनिन् ।

काबुलमा राजनीतिक परिवर्तन भएसँगै परराष्ट्र मन्त्रालयले कार्यदल गठन गरी उद्धारका लागि संख्या यकिन राख्न अनलाइन फारम संकलन सुरु गरेको थियो । दोहा, कुवेत लन्डनसमेत लगिएर नेपाल ल्याइएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

तालिबानीले सत्ता कब्जा गरेलगत्तै अमेरिकाले त्यहाँ रहेका नेपालीलाई उद्धार गरी ल्याएको थियो । पछिल्लो समयमा सरकारले समन्वय गरी नेपालीलाई स्वदेश ल्याइरहेको छ । यूएनमा कार्यरत नेपाली त्यहाँ सुरक्षित रहेको बताइएको छ । केही छुट्टीमा आउन चाहेको बुझिएको छ ।

About The Author

Loading...

अन्य समाचारहरु: