Sat. Jul 27th, 2024

कर्तव्य ज्यान मुद्धाका फरार प्रतिवादी पक्राउ


धादिङ : कर्तव्य ज्यान मुद्धामा जन्मकैद सजाय भएका प्रतिवादीलाई धादिङ प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा साविकको खरी गाविस वडा नं ४ बस्ने ५३ वर्षीय यमबहादुर राना मगर रहेका छन् ।

राना मगरले जिल्लाको साविकको खरी गाविस वडा नं ५ बस्ने लुद्रबहादुर फ्याली मगरलाई धारिलो हतियार प्रहार गरी २०६१ साल कात्तिक १२ गते मारेका थिए ।

उक्त घटनामा संलग्न यम बहादुर राना मगरलाई सम्मानित धादिङ जिल्ला अदालतबा २०७७ मंसिर १० मा जन्मकैद सजाय हुने फैसला भएको थियो । निजले १९ वर्ष ७ महिना ६ दिन कैद भुक्तानी गर्न बाँकी रहेकोले प्रहरीले खोजी गरेको थियो ।

जिल्ला प्रहरी कार्यालय धादिङ मातहत प्रहरी चौकी साँधभन्ज्याङबाट खटिएको प्रहरी टोलीले विहिबार खरीबाट पक्राउ गरेको हो ।

पक्राउ गरिएकोलाई फैसला कार्यान्वयनका लागि सम्मानित धादिङ जिल्ला अदालतमा पेश गरिएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायव उपरीक्षक जागेश्वर भण्डारीले बताए ।

About The Author

Loading...

अन्य समाचारहरु: