धादिङ –
पहिरोले नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध भएको छ । सो सडकखण्डको पाँचकिलोमा पहिरोले सडक अवरुद्ध भएको हो।
शुक्रबार बिहान करिब आठ बजे इच्छाकामना गाँउपालिका ६ पाँचकिलोमा सडकमाथिबाट लेदो खसेकोले सडक अवरुद्ध भएको बाग्मती प्रदेश ट्राफिक प्रमुख एसपी शान्तिराज कोइरालाले जानकारी दिए।
पानी निरन्तर परिरहेकाले पहिरो झर्ने क्रम नरोकिदा पहिरो हटाउन नसकिएको एसपी कोइरालाले बताए ।